१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

नेकपा स्थायी कमिटीबाट महासेठलाई हटाउन उनकै जिल्लावासी धनुषाका नेता साहको माग

नेकपा स्थायी कमिटीबाट महासेठलाई हटाउन उनकै जिल्लावासी धनुषाका नेता साहको माग
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई स्थायी कमिटीबाट हटाउन माग गरिएको छ । आइतबार केन्द्रीय कमिटी समक्ष महासेठ स्थायी कमिटी सदस्य हुन अयोग्य रहेको भन्दै उनलाई हटाउन केन्द्रीय सदस्य श्रीप्रसाद साहले माग गरेका हुन् । नेता साह महासेठकै जिल्लावासी धनुषाका हुन् ।

उनले अध्यक्ष तथा केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै दिएको निवेदनमा विधानमा स्थायी कमिटी सदस्य हुन कम्तिमा एक कार्यकाल पोलिटव्यूरो सदस्य भएको हुनुपर्ने तर महासेठमा सो योग्यता नरहेको दाबी गरिएको छ । आफूहरुले यसअघि पनि यस विषयमा ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको पनि उनले बताए ।

उनको निवेदनमा, ‘कमरेड रघुवीर महासेठ आफ्नो राजनीतिक जीव्नमा एकपटकमात्र आठौं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो भने २ पटक मनोनितसम्म हुनुभएको हो । कहिँ कुनै कम्युनिस्ट घटकमा अहिलेसम्म उहाँ पोलिटव्यूरो सदस्यको जिम्मेवारी प्राप्त गर्नुभएको छैन ’ भनिएको छ । एमाले माओवादी एकीकरणपछि चारजना स्थायी कमिटी सदस्य तत्कालीन एमालेबाट थपिदा बिष्णु रिमाल, रघुजी पन्त र बेदुराम भुसालसँगै महासेठ पनि थपिएका थिए ।