८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटीबाट महासेठलाई हटाउन उनकै जिल्लावासी धनुषाका नेता साहको माग



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई स्थायी कमिटीबाट हटाउन माग गरिएको छ । आइतबार केन्द्रीय कमिटी समक्ष महासेठ स्थायी कमिटी सदस्य हुन अयोग्य रहेको भन्दै उनलाई हटाउन केन्द्रीय सदस्य श्रीप्रसाद साहले माग गरेका हुन् । नेता साह महासेठकै जिल्लावासी धनुषाका हुन् ।

उनले अध्यक्ष तथा केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै दिएको निवेदनमा विधानमा स्थायी कमिटी सदस्य हुन कम्तिमा एक कार्यकाल पोलिटव्यूरो सदस्य भएको हुनुपर्ने तर महासेठमा सो योग्यता नरहेको दाबी गरिएको छ । आफूहरुले यसअघि पनि यस विषयमा ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको पनि उनले बताए ।

उनको निवेदनमा, ‘कमरेड रघुवीर महासेठ आफ्नो राजनीतिक जीव्नमा एकपटकमात्र आठौं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो भने २ पटक मनोनितसम्म हुनुभएको हो । कहिँ कुनै कम्युनिस्ट घटकमा अहिलेसम्म उहाँ पोलिटव्यूरो सदस्यको जिम्मेवारी प्राप्त गर्नुभएको छैन ’ भनिएको छ । एमाले माओवादी एकीकरणपछि चारजना स्थायी कमिटी सदस्य तत्कालीन एमालेबाट थपिदा बिष्णु रिमाल, रघुजी पन्त र बेदुराम भुसालसँगै महासेठ पनि थपिएका थिए ।