१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

नेपाल सदभावना पार्टी र जन अधिकार पार्टीसंग आजपाले पार्टी एकीकरण गर्यो

नेपाल सदभावना पार्टी र जन अधिकार पार्टीसंग आजपाले पार्टी एकीकरण गर्यो
अ अ+ अ-

जनकपुरधाम। आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग एकीकरण गरेको छ ।

रामकुमार महतो नेतृत्वको नेपाल सदभावना पार्टी (नेसपा) र ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसंग पार्टी एकता गर्दै अन्य विभिन्न पार्टीका सयौं नेतालाई आजपाले पार्टी प्रवेश गराएको छ ।

धनुषाको महेन्द्रनगरमा आजप आजपाले धनुषा क्षेत्र नं. ४ को विशेष क्षेत्रिय भेला गरेको थियो । ‘भ्रष्टाचारीलाई खबरदारी तथा लघुबित्त पीडÞितलाई न्याय दिलाउने’ संकल्प धनुषाको महेन्द्रनगर आयोजित क्षेत्रिय भेलासम्पन्न गर्दै आजपाले महतो नेतृत्वको नेपाल सदभावना पार्टीसंग पार्टी एकीकरणको घोषणा गरिएको छ ।

सोही भेलामार्फत धनुषा मिथिला नगरपालिका निवासी रामजिवन महतोले पनि आजपामा प्रवेश गरेका छन् । महतो पर्यावरण शहिद स्वर्गीय दिलिप महतोका वुवा हुन् ।

सोही कार्यक्रमका बीच विभिन्न पार्टीमा आबद्ध सयौं नेता, युवा, समाजसेवीहरुले समेत आजपामा प्रवेश गरेका छन् । धनुषाका बिभिन्न पालिकाका निर्वाचित वडा अध्यक्षहरु समेत आजपामा प्रवेश गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

नेसपासंग पार्टी एकता गर्नुभन्दा अघि मंगलबार बिहान वीरगंजमा आजपाले ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसंग पार्टी एकीकरण गरेको छ ।

पार्टी एकतासंगै नेपाल सदभावना पार्टी र जन अधिकार पार्टीको सिंगो कमिटी आजपामा समाहित हुदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘मोवाइल’ चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रिने सहमती भएको छ ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुवै पार्टीसंग एकीकरण गर्दै पार्टीमा प्रवेश गर्नेहरु स्वागत गर्दै उज्जवल राजनीतिक भविष्यका लागि शुभकामना दिएका छन् ।

आजपामा पार्टी प्रवेश गर्ने एवं पार्टी एकीकरण गर्दै संयुक्तरुपमा अगाडी बढने सहमतीले पार्टी थप बलियो बन्दै गइरहेको साहले जनाएका छन् । पार्टी एकतासंगै पार्टीमा प्रवेश गर्ने नवप्रवेशीलाई उचित जिम्मेवारी दिदै मुलुक र जनताको हितमा शसक्त काम गर्दै अगाडी बढने उनले बताए ।

यसअघि आजपाले जनादेश पार्टी, लघुवित पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्ष गर्दै आएको समिति लगायतसंग चुनावी सहमती एवं गठबन्धन गरेको छ ।

पछिल्लो समय विभिन्न पार्टीले आजपासंग पार्टी एकताका साथै विभिन्न पार्टीका नेता, समाजसेवी, युवा, विद्यार्थी लगायत व्यक्तिहरु प्रवेश गर्ने लहर चलेको छ ।