१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त
अ अ+ अ-

काठमाडौँ। सरकारले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल (बाजुरा) लाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त गरेको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता जगदीश खरेलले आगामी माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने कृषि विकाससम्बन्धी कार्यक्रममा भाग लिनका लागि कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारलाई स्वीकृति प्रदान गरेको जानकारी दिनभयो ।

त्यस्तै आगामी माघ २६ देखि फागुन १ गतेसम्म मेक्सिकोमा आयोजना हुने एएमएल÷सीएफटीको ‘प्लेनरी तथा वर्किङ ग्रुप’ बैठकमा सहभागी हुन अर्थ मन्त्रालयका सचिव (राजस्व) भूपाल बराललाई अनुमति दिएको छ ।

बैठकले दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक’ तर्जुमा गर्न सिद्धान्त स्वीकृत गरेको छ । सरकारले आगामी माघ ६ र ७ गते चीनको सिजाङ्ग (ल्हासा) मा आयोजना हुने नेपाल–चाइना कोअडिनेशनसम्बन्धी तेस्रो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेको नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।

नेपाल न्याय सेवा, कानसुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका आठ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्धितीय श्रेणीका आठ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने सरकारको निर्णय छ ।

म्यानमारमा भइरहेको तेस्रो चरणको निर्वाचनमा अन्तरराष्ट्रिय निर्वाचन पर्यवेक्षकको रूपमा आगामी माघ ९ देखि १२ गतेसम्म सहभागी हुन निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधारलाई स्वीकृति दिएको छ ।

सरकारले समस्याग्रस्त सङ्घसंस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य उद्धवप्रसाद तिमल्सेनाको राजीनामा स्वीकृत गर्ने र उक्त पदमा मधुकर राना (ललितपुर)लाई मनोनयन गरेको छ ।

आगामी माघ २८ देखि फागुन १ गतेसम्म मोरक्कोको माराकेशमा आयोजना हुने बालश्रमसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलाई स्वीकृति दिएको छ । स्पेनको म्याड्रिडमा हुने अन्तरराष्ट्रिय पर्यटन मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको आगामी माघ ६ देखि १२ गतेसम्म सहभागी हुन स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले जानकारी दिनुभयो ।

सरकारले इलामको फिक्कल, सोलुखुम्बुको सोताब, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत कार्यालय तथा नापी कार्यालय स्थापना गर्नेगरी मालपोत कार्यालय र नापी कार्यालयहरूको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको छ ।

त्यसैगरी सरकारले आगामी माघ १९ देखि २४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठनको ‘सेक्सन अफ द एजेटिभ बोर्ड’मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटालाई सहभागी हुन स्वीकृति दिएको छ । रासस