४ श्रावण २०८३, सोमबार
,
Latest
एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त इरानी गृहमन्त्री सोमबार पाकिस्तान आउने नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विघटित प्रतिनिधि सभा पुनःस्थापना हुने सम्भावना छः सभामुख घिमिरे



फाइल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनस्र्थापनाको सम्भावना रहेको बताउनुभएको छ ।

संसद विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेका बेला उहाँले अदालतबाट पुनस्र्थापना हुने सम्भावना रहेको बताउनु भएको हो ।

मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तत्र्रिmया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पु¥याउने काम गरिएको पनि दोहो¥याउनु भयो । उहाँले संविधान र कानूनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै सोहीअनुसार अघि बढीरहेको दाबी समेत गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो,‘भदौ २७ गते राति करिव ११ बजेको आसपासमा संसद जबरजस्त भंग गरिएको छ । संविधान त्यस मानेमा लिकभन्दा बाहिर लगिएको छ । तर सभामुखको संविधान र कानूनसम्मत अवधि रहेकाले गर्दा अब हुने भनिएको आम निर्वाचन २१ फागुन भन्दा अगाडि फागुन ५ गतेसम्म अवधि रहेकाले गर्दा मैले सोही पदीय हैसियतमा बस्नुपरेको हो । भोली संसद पुनस्थापनाको पनि सम्भावना छ । जुन कुरा मैले अघि पनि प्रश्तुत गरिसकेको छु । अव भोली के हुने भन्ने बारेमा भोलीकोप परिस्थितिले तय गर्छ । खासगरी म सभामुख हुन्जेल मैले त्यही भुमिका निर्वाह गर्नुपर्छ भन्ने कुरामा म विचार र व्यवहारमा स्पष्ट भएर तपाईहरुको अगाडि कुरा राख्न चाहन्छु ।’

सभामुख घिमिरेले आगामी निर्वाचनमा भाग लिने वा नलिने भन्नेकुरा पनि पदीय जिम्मेवारीका कारण आफू टुंगोमा पुग्ने अवस्था नरहेको समेत स्पष्ट पार्नुभयो ।