२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटना न्युनिकरणका लागि सबैले जिम्मेवारीवोध गरौँः उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्युनिकरणका लागि सबैले जिम्मेवारीवोध गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सडक दुर्घटनाका कारण वर्षेनी २ हजार बढीलेज्यान गुमाइरहेको भन्दै यसबारे चालक, पैदल यात्री, अभिभावक सबै जिम्मेवार हुनुपर्ने बताउनु भयो ।  आर्थिक वर्ष २०८०–०८१ मा सडक दुर्घटनाको कारणले गर्दा मृत्यु हुनेको स्ंख्या २ हजार ३ सय ६९ जनाको ज्यान गएको र आर्थिक वर्ष २०८१–०८२ मा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४६ जनाको ज्यान गएको बताउनु भयो । सडक दुर्घटना घटाउने प्रतिवद्धता जनाएपनि वर्षेनी दुर्घटना बढिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैको जिम्मेवारी हो । बालबालिकादेखि, ज्येष्ठ नागरिकसम्म सबै क्षेत्रका नागरिकले ट्राफिक नियमको पालना गर्नुपर्छ । आर्थिक वर्ष २०८०–०८१ मा सडक दुर्घटनाको कारणले गर्दा मृत्यु हुनेको स्ंख्या २ हजार ३ सय ६९ छ । आर्थिक वर्ष २०८१–०८२ मा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४६ रहेको छ । हामीले दुर्घटना घटाउँछौँ  भनिरहेका छौँ तर तथ्यांकले भने बढेको देखाइरहेको छ । सडक दुर्घटना घटाउन हामी सबै लाग्नुपर्छ । यसमा हामीले जिम्मेवारी लिनसके दुर्घटना न्युनिकरण हुँदै जान्छ ।’

उपप्रमुख डंगोलले टिप्पर ड्राभइरले लापरवाही गरेर सवारीसाधन चलाइरहेको बताउनु भयो ।