९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ कीर्तिपुर नगरपालिका–७ का १९ वर्षीय क्रमिक उप्रेती पक्राउ पर्नेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अनाधिकृत व्यक्तिले वाइड–स्पेस इन्टरनेशनल प्राइभेट लिमिटेडका नाममा आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर ९प्यान०लगायतका कागजातहरूको दुरूपयोग गरी ई सेवा ‘मर्चेन्ट वालेट’ र ई सेवा ‘वालेट’ खोली गैरकानुनी रूपमा आर्थिक कारोबार गरेको भन्ने बेहोराको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

यसैगरी उक्त उजुरीउपर प्रारम्भिक अनुसन्धान गर्दा ई सेवा मर्चेन्ट आइडी २२२२०२००१८२१७५२७ बाट रु ५६ लाख ३३ हजार ६०३ दशमलव ७६ र ई सेवा वालेटबाट रु ५६ लाख ३१ हजार ६०३ दशमलव ७६ बराबरको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनले सट्टेबाजीलगायतका प्रयोजनका लागि रु एक करोड १२ लाखभन्दा बढीको अवैध कारोबार गरेको प्रहरीको भनाइ छ । प्रहरीले निजको साथबाट ल्यापटप एक थान, विभिन्न मोडेलका मोबाइल दुई थान, एनसेल सिमकार्ड १६ थान, नमस्ते सिमकार्ड तीन थान, स्मार्ट सिमकार्ड एक थान, पेन ड्राइभ एक थान तथा मेमोरी कार्ड एक थानसमेत गरिएको जनाएको छ ।

पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो । राासस




भर्खरै