५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली मतगणनाको तयारी पूरा



अ+ अ-

नयाँदिल्ली । नयाँदिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावको मतगणना भोलि अर्थात् मङ्गलबार हुँदैछ । दिल्ली निर्वाचन आयोगका प्रमुख रनबिर सिंहले मतगणनाका लागि दिल्लीका विभिन्न स्थानमा २१ वटा केन्द्रको व्यवस्था गरिएको जानकारी दिए । मतगणना कार्य बिहान ८ बजे शुरु हुनेछ । विद्युतीय मतदान भएकाले चुनावी परिणाम मङ्गलबार नै सार्वजनिक हुने अनुमान गरिएको छ । उनले दिल्लीको मतदान केन्द्रहरुमा खटिएका मतदान अधिकृतहरुले दिनरात लगाएर तथ्याँकहरु रुजु गरिरहेको जानकारी दिए ।

सिंहले चुनावको नतिजा स्वच्छ र विश्वसनीय बनाउन आयोगले हरसम्भव प्रयास गरिरहेको छ भने ।दिल्लीको सत्तारुढ आम आदमी पार्टी (आप) का नेताहरुले निर्वाचन समाप्त भएपछि विद्युतीय मतदान उपकरणहरु अनधिकृत तरिकाबाट अन्यत्र लगिएको भन्दै विरोध जनाएका छन् । तर प्रमुख आयुक्त सिंहले आपको उक्त दाबीमा सत्यता नरहेको दाबी गरे । उनले पर्यवेक्षक र सबै दलका उम्मेदवारहरुको रोहबरमा विस्तृत अनुसन्धान पनि गरिसकेको पनि बताए ।

अनुसन्धानमा विद्युतीय मतदान केन्द्रहरु सबै ठीक र दुरुस्त अवस्थामा रहेको भेटिएको पनि उनले बताए । नयाँदिल्लीको ७० स्थानका लागि भएको निर्वाचनको नतिजाप्रति सबैको ध्यान गएको छ । चुनावपछि सार्वजनिक मतसर्वेक्षणले मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आपले दुई तिहाई स्थान जित्ने अनुमान प्रस्तुत गरेका छन् ।