९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा रास्वपा संयमित हुन जरुरी छः सभापति लामिछाने



अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनको समयमा रास्वपा नेता तथा कार्यक्रताहरु संयमित भएर प्रस्तुत हुन जरुरी रहेको बताउनुभएको छ ।

रास्वपा पार्टी कार्यालय भरतपुरमा आज आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रास्वपाका नेता कार्यकर्ताहरु जिम्मेवार भएर प्रस्तुत हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रास्वपालाई एउटा आरोप छ । रास्वपाका समर्थकहरु गाली गलोज गर्छन् । त्यसबाट माथि उठेर सु–संस्कृत बन्नुपर्ने छ ।” अहिले सुज–बुझका साथ अघि बढ्नुपर्ने समय आएको उहाँको भनाइ थियो । उहाँले निर्वाचन लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भन्दै निर्वाचनको विकल्प निर्वाचन नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव बिथोल्ने कुरा बन्द गर्नुहोला । बेथितिको अध्याय अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय निर्वाचन नै हो । चुनाव बिथोल्ने काम कही कतैबाट नगर्नुहोला ।”

रास्वपाले राजनीतिक प्रतिशोधको राजनीति नगर्ने बताउँदै उहाँले सबैप्रति जिम्मेवार हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । सिङ्गो देश र पुस्ताको सपना पूरा गर्न रास्वपा बलियो बन्न आवश्यक रहेको उहाँको भनाइ थियो । व्यक्तिगत स्वार्थभन्दा माथि देश र जनताको स्वार्थलाई राखेर उम्मेदवार छनोट गर्ने क्रममा आफूहरु रहेको उहाँले बताउनुभयो ।