१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

मलेसियाका शताब्दी पुरूष महाथिरका लागि शल्यक्रियाको विकल्प उत्तम नहुने : परिवार

मलेसियाका शताब्दी पुरूष महाथिरका लागि शल्यक्रियाको विकल्प उत्तम नहुने : परिवार
अ अ+ अ-

क्वालालम्पुर। मलेसियाका १०० वर्षीय पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदको उमेरका कारण उपचारका लागि शल्यक्रिया उत्तम विकल्प नभएको चिकित्सकहरूले सल्लाह दिएको उहाँका छोरा मुखरिजले बुधबार बताउनुभएको छ ।

उमेरजन्य समस्याका कारण घरमै लडेर कम्मरको हाडमा समस्या भएको भएपनि १०० बर्ष वसन्त पार गरिसकेका उहाँको उपचारका लागि शल्यक्रिया उत्तम विकल्प नभएको चिकित्सकहरूले सल्लाह दिएका छन् ।

घरमा लडी कम्मरमा समस्या भएपछि उहाँलाई मङ्गलबार एम्बुलेन्सबाट क्वालालम्पुरस्थित नेशनल हार्ट इन्स्टिच्युटमा लगिएको उहाँका सहयोगी सुफी युसुफले एएफपीलाई बताए ।

हालैका वर्षहरूमा स्वास्थ्य समस्याबाट पीडित महाथिरलाई जुलाईमा आफ्नो शतवार्षिकी मनाउने क्रममा वनभोजमा सहभागी भएपछि अनपेक्षित शारिरीक थकानका कारण अस्पताल भर्ना गरिएको थियो ।

सुफीका अनुसार चिकित्सकहरूले उहाँको दाहिने कम्मरमा समस्या देखिएको पुष्टि गरेका छन् र पूर्व प्रधानमन्त्री ‘उपचार र स्वास्थ्य निगरानीका लागि अर्को केही हप्ता’ अस्पतालमा बस्ने अपेक्षा गरिएको छ ।

महाथिरका छोरा मुखरिजले महाथिर घरभित्रै लड्नुभएको बताउनुभयो । “विशेष गरी शताब्दी पुरूष महाथिरको उमेरका कारण शल्यक्रिया राम्रो विकल्प होइन,” मुखरिजले आफ्नो राजनीतिक पार्टीको ह्वाट्सएप ग्रुप च्याटमा पोस्ट गरेको एक भिडियोमा चिकित्सकको सुझाबलाई उद्धृत गर्दै भन्नुभएको छ।

उहाँले भन्नुभयो, “अस्पतालका विशेषज्ञहरूले उहाँलाई एक विशेष पुनः स्थापना प्रक्रियाबाट अघि बढ्ने सल्लाह हामीलाई दिएका छन् र यसका लागि केही समय लाग्नेछ ।”

“निःसन्देह पनि उहाँ आफ्नो सामान्य स्वास्थ्यको अवस्थामा फर्कनु र आफ्नो कर्तव्यहरू जारी राख्न सक्षम बनाउने लक्ष्यसहित उपचार भइरहेको छ,” उहाँले भन्नुभयो ।

मुखरिजले उहाँको शीघ्र स्वास्थ्यलाभको लागि कामना र प्रार्थना गर्नेहरूलाई पनि धन्यवाद दिनुभयो र गोपनीयताका लागि अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, “पिता (महाथिर) लाई आराम गर्न आवश्यक छ म सबैसँग अनुरोध गर्दछु कि पूर्ण रूपमा निको हुँदासम्म उहाँलाई अरामको लागि वातावरण आवश्यक हुनेछ।”

मलेसियाका राजनीतिक दिग्गज मानिने महाथिरले पहिले मुटुको समस्याको लागि बाइपास सर्जरी गर्नुर्भको थियो ।

उहाँ सन् १९८१ देखि सन् २००३ सम्म र सन् २०१८ देखि २०२० सम्म दुई पटकसम्म प्रधानमन्त्री बन्नुभएको थियो ।

दोस्रो कार्यकालमा उहाँ ९४ वर्षको हुनुहुन्थ्यो र तत्कालिन विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता हुनुहुन्थ्यो । (रासस/एएफपी)