१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

इरानको कडा चेतावनी

इरानको कडा चेतावनी
सन्दर्भ तस्बिर
अ अ+ अ-

तेहरान। संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा भइरहेका सरकारविरोधी प्रदर्शनलाई समर्थन गरेको पृष्ठभूमिमा इरानका सैन्य प्रमुखले बुधबार कडा चेतावनी दिएका छन् । उनले इरान बाहिरी शक्तिहरूको दबाब र धम्की सहेर चुप लागेर नबस्ने स्पष्ट सन्देश दिएका हुन् ।

फार्स समाचार एजेन्सीका अनुसार इरानी सेनाका कमान्डर जनरल अमिर हातमीले इस्लामिक गणतन्त्र इरानले इरानी राष्ट्रविरुद्ध भइरहेको शत्रुतापूर्ण बयानबाजीको बढ्दो प्रवृत्तिलाई गम्भीर खतरा ठान्ने बताउनुभयो । उहाँले भन्नुभयो, “इरानले यस्ता धम्की र शत्रुतापूर्ण अभिव्यक्तिलाई प्रतिक्रिया नदिई निरन्तर सहन सक्दैन ।”

इरानी सेनाका वरिष्ठ कमान्डर भए पनि सबैभन्दा उच्च राजनीतिक अधिकारी नभएका जनरल हातमीले चेतावनी दिँदै यदि ‘शत्रुहरूले कुनै गल्ती गरे’ भने इरानको प्रतिक्रिया गत जुनमा इजरायलसँग भएको १२ दिने युद्धको तुलनामा अझै कडा र शक्तिशाली हुने चेतावनी दिनुभयो ।

हालैका दिनहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीहरू मारिएमा संयुक्त राज्य अमेरिकाले हस्तक्षेप गर्ने धम्की दिनुभएको थियो । उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमा भइरहेको विरोध प्रदर्शनप्रति समर्थन व्यक्त गर्नुभएको छ ।

गत डिसेम्बर २८ मा तेहरानका व्यापारीहरूले बढ्दो महँगी र इरानी मुद्रा रियालको तीव्र अवमूल्यनको विरोधमा प्रदर्शन गरेका थिए । त्यसपछि देशका अन्य धेरै सहरमा पनि यस्तै खालका प्रदर्शन फैलिएका थिए, जसमा केही घटनाहरू घातकसमेत भएका छन् ।

विवादित निर्वाचनपछि सन् २००९ मा भएको व्यापक सडक आन्दोलनबाहेक, हालका प्रदर्शनहरू सन् २०२२ देखि २०२३ सम्म चलेको आन्दोलनको स्तरसम्म भने पुग्न सकेका छैनन् । तथापि, आर्थिक कारणले सुरु भएका यी विरोध प्रदर्शनहरूले इस्लामिक गणतन्त्र इरानका अन्तर्राष्ट्रिय विरोधी राष्ट्रहरू र तिनका नेताहरूको विशेष ध्यान आकर्षित गरेका छन् ।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो, “हामी यसलाई धेरै नजिकबाट हेरिरहेका छौँ । यदि उनीहरूले विगतमा जस्तै मानिसहरूलाई मार्न थाले भने, मलाई लाग्छ उनीहरूले संयुक्त राज्य अमेरिकाबाट निकै गम्भीर प्रतिक्रिया भोग्नुपर्नेछ ।”

यसैबीच, प्रधानमन्त्री नेतान्याहुले इजरायली मन्त्रिपरिषद् बैठकमा भन्नुभयो, “हामी इरानी जनताको सङ्घर्षसँग, उनीहरूको स्वतन्त्रता र न्यायका लागि गरिएको आकांक्षासँग ऐक्यबद्ध छौँ ।”

सोमबार इरानी विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतान्याहुले हिंसा भड्काउने प्रयास गरेको र इरानको राष्ट्रिय एकतालाई कमजोर पार्न खोजेको आरोप लगाएको थियो ।

गत जुन महिनामा इरानी सैन्य तथा आणविक संरचनामाथि भएको अभूतपूर्व इजरायली आक्रमणसँगै दुवै देशबीच युद्ध सुरु भएको थियो । सो क्रममा इरानका तीन प्रमुख आणविक स्थलहरूमा आक्रमण गर्दै संयुक्त राज्य अमेरिकाले पनि केही समयका लागि सैन्य कारबाहीमा सहभागिता जनाएको थियो ।  (रासस\एएफपी)