१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

अबको निर्वाचन महत्वपूर्ण छः उपेन्द्र यादव

अबको निर्वाचन महत्वपूर्ण छः उपेन्द्र यादव
फाइल फोटो
अ अ+ अ-

रूपन्देही। जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने निर्वाचन महत्वपूर्ण रहेको बताउनुभएको छ ।

उहाँले संविधान संशोधन तथा पुनर्लेखन, सङ्घीयतालाई मजबुत बनाउन तथा आमनागरिकलाई न्याय दिलाउन अबको निर्वाचनमा जसपा नेपाललाई जिताएर सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।

पार्टीको लुम्बिनी प्रदेश समितिले आज रूपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधइमा आयोजना गरेको जनसभामा अध्यक्ष यादवले संविधानमा सबैको अपनत्व हुनेगरी परिमार्जन आवश्यक रहेको बताउनुभयो । “जनसङ्ख्याका आधारमा भागेदारी चाहिन्छ, हरेक जातजाति, धर्म तथा सम्प्रदायले अपनत्व गर्ने संविधान आवश्यक छ”, उहाँले भन्नुभयो ।

उहाँले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकारसम्पन्न बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

जेनजी आन्दोलनपछि भएको सम्झौता कार्यान्वयन नगर्ने षडयन्त्र भइरहेको भन्दै सम्झौता लागू गर्न उहाँले आग्रह गर्नुभयो । “अहिलेको संसदीय व्यवस्था प्रणाली असफल भइसकेको छ, त्यसले मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक छ”, उहाँले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली महङ्गो भएकाले पार्टी र उम्मेदवारले खर्च गर्न नपर्नेगरी नेपालमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेकामा जोड दिनुभयो । रासस