१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

सुरक्षाको सम्पूर्ण प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

सुरक्षाको सम्पूर्ण प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
अ अ+ अ-

काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति दिलाएको हुँदा तोकिएको समयमा नै निर्वाचन हुनेमा ढुक्क रहन सवैमा आग्रह गर्नुभएको छ ।

निर्वाचनको विकल्प निर्वाचन मात्रै भएको उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन हुन्छ कि हुन्न भन्ने जनमानसको प्रश्नलाई चिरेर आयोग सम्पूर्ण तयारीमा जुटेको बताउनुभयो । निर्वाचन प्रशिक्षक प्रशिक्षणसम्बन्धी आज यहाँ आयोजित कार्यशालामा उहाँले निर्वाचन सुरक्षाका लागि आयोगले सरकार र सबै सुरक्षा निकायसँग समन्वय गरिरहेको जानकारी गराउनुभयो ।

“निर्वाचन हुन्छ कि हुन्न भन्ने संशय विगतका निर्वाचनमा पनि हुने गरेको थियो । निर्वाचनको कुनै विकल्प छैन, संविधानसभाको निर्वाचनका समयमा पनि हुन्छ कि हुँदैन भनेर अघिल्लो दिनसम्म शङ्का–उपशङ्का गरिएको थियो । भोलिपल्ट मतदानको प्रक्रिया सम्पन्न भयो । अहिले त्यही प्रश्न हो । जनमानसमा आउने प्रश्नलाई  निर्वाचन मार्फत चिनुपर्छ । निर्वाचन हुन्छ”, कार्यवाहक प्रमुख भण्डारीले भन्नुभयो ।

जेनजी आन्दोलनपछिको फरक पृष्ठभूमिमा निर्वाचन हुन गइरहेकामा विभिन्न प्रश्न उठ्नु स्वभाविक भएको उल्लेख गर्दै उहाँले निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

सरकारले सुरक्षा व्यवस्था सुदृढीकरणका लागि सातै प्रदेशमा सुरक्षा गोष्ठीमार्फत विभिन्न राय सुझाव प्राप्त गरी सुरक्षाको विश्लेषण गरिरहेको कार्यवाहक प्रमुख भण्डारीले बताउनुभयो । आयोगले चुनावको तयारीका क्रममा प्रदेशका प्रमुख सचिव र सचिवहरुसँग पनि परामर्श गरेको उहाँले बताउनुभयो । रासस