१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापार घाटा घटाउन निर्यातलाई जोड दिनुपर्छः मन्त्री सिन्हा



अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले व्यापार घाटा घटाउन निर्यातलाई जोड दिनुपर्ने बताउनुभएको छ ।

नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारणसभा एवम् १०औँ निर्यात दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री सिन्हाले विदेशी मुद्रा भित्र्याउन निर्यातमा जोड दिनुपर्ने बताउनुभयो । विदेशी मुद्रा भित्र्याउन र व्यापार घाटा कम गर्ने क्षेत्र निर्यात भएकाले यसलाई बढाउन आवश्यक भएको उहाँको भनाइ थियो ।

मन्त्री सिन्हाले स्वदेशी वस्तुको निर्यात बढाएर मुलुकको अर्थतन्त्र चलायमान बनाउन सकिने बताउनुभयो । सरकारले निर्यात प्रवद्र्धन गर्न  प्रयत्न गरे पनि सन्तुष्ट हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री सिन्हाले भन्नुभयो, “निर्यातमा देखिएका प्रकियागत र कार्यविधिगत समस्या सहजीकरण गर्न सरकार तयार छ । निर्यातलाई  प्रोत्साहन गर्न कार्यविधि तयार गरिँदैछ ।”

निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य वस्तुमा सरकारले दिइरहेको नगद अनुदान रोकिँदा व्यवसायी मर्कामा परेको बताउनुभयो ।

उहाँले नगद अनुदान रोक्ने सरकारको निर्णय तत्काल सच्याउन माग गर्नुभयो । नेपालबाट आर्थिक वर्ष २०८१/८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको छ । रासस