१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

नेपालमा वैदेशिक हस्तक्षेप बढ्दो छ, देशभक्तहरु चनाखो हुनुपर्छ- प्रभु साह

नेपालमा वैदेशिक हस्तक्षेप बढ्दो छ, देशभक्तहरु चनाखो हुनुपर्छ- प्रभु साह
अ अ+ अ-

बर्दिया। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश इतिहासकै जटिल मोडमा उभिएको भन्दै देशभक्त र अग्रगामी शक्तिहरुबीचको एकताको आवश्यकता औंल्याएका छन् ।

भदौ २३ र २४ गते भएको जेन–जी जनविद्रोहको मर्म र भावनाअनुसार देशमा कुनैपनि किसिमको परिवर्तनको आभाष नभएको र उल्टै देशलाई संकटको भूमरीमा हाल्ने काम भएको भन्दै साहले देशभक्त र देशमा बदलाव चाहने शक्तिहरुबीचको एकता आवश्यक रहेको बताएका हुन् ।

आज (मंगलबार) बर्दियाको बाँसगढीमा आजपाले आयोजना गरेको बर्दिया क्षेत्र नं. १ को बृहत्त क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनको अपहरणकारी सुशीला कार्की–बालेन शाह–कुलमान घिसिङहरु र जेन–जी आन्दोलनमा दमन गर्ने केपी ओली र रमेश लेखकहरुको कारण मुलुक श्रृंखलावद्ध अनिश्चयको सुरूङमा फसेको टिप्पणी गरे ।

आजपा अध्यक्ष साहले जेन–जी आन्दोलनपछि देशमा वैदेशिक हस्तक्षेपसमेत बढ्दो रहेको पनि टिप्पणी गरे । उनले मुलुकलाई संकटबाट निकाल्नको लागि पनि तोकिएकै मितिमा चुनाव गराउनुको विकल्प नभएको बताए । तर, वर्तमान सरकारले चुनाव गराउनेगरि गम्भीर पहलकदमी नलिएको उनको आरोप छ ।

जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारको यकिन तथ्यांक अहिलेसम्म गृह प्रशासनले सार्वजनिक नगरेको र कैदीबन्दीहरूसमेत फिर्ता ल्याउन नसकेको भन्दै उनले सुरक्षाको उचित प्रवन्ध गर्न सरकारलाई अनुरोध गरे ।

उनले नयाँ र विकल्प दिन्छु भनेकाहरु पनि पद र पावरको लागि लुछाचुँडीमा रमाउने काम गरेको भन्दै आलोचना गरे । साहले नयाँ भनिएका नाईकेहरु पनि कोही अनाडी (केही पनि नजानेको), कोही भ्रष्ट र कोही ठग भनेर निस्किएको आरोप लगाए । उनीहरु सांसद, मन्त्री र प्रधानमन्त्रीको लागि मात्रै राजनीतिमा लागेको भन्दै उनीहरूबाट देशले पार नपाउने साहको टिप्पणी छ ।

उनले जेनजी आन्दोलनको नाममा सत्तारोहण गरेका कुलमान घिसिङहरु दलको नेता भइसकेकोले अब पदमा बस्ने नैतिक अधिकार नभएको पनि बताए । तत्काल चरम राजनीतिमा होमिएका कुलमान घिसिङलगायतलाई बर्खास्त गर्न पनि उनले प्रधानमन्त्रीसमक्ष माग गरे । मुलुक यतिवेला सरकारविहीनको अवस्थामा रहेको भन्दै अहिलेका मन्त्रीहरु मुलुकमा शान्ति, सुरक्षा र अमन–चयन कायम गर्न असफल भएको उनको आरोप छ ।

संविधानमा भएको त्रुटिको कारण देशको व्यवस्था खराब भएको र जनताको अवस्थामा कुनै परिवर्तन नआएको साहको दाबी छ । आजपा अध्यक्ष साहले भने,‘खराब व्यवस्था भएपछि देशको अवस्था कसरी राम्रो हुन्छ ? मैले त संविधान बनाउने बेलामा पनि यो संविधानले निकास दिँदैन भनेर विद्रोह गरेको थिएँ, आज मुलुकमा जे अस्थिरताको खेल भइरहेको छ, त्यो यही खराब संविधानको उपज हो । यसलाई खारेज गर्नुको विकल्प छैन।’

सो क्रममा उनले बर्दिया सम्भावनाले भरिएको जिल्ला भएकोले यसको विकासको लागि पनि थारुको छोरा नेतृत्वमा पुग्नुपर्ने आवश्यकता औंल्याए । बर्दियाको पर्यटनको विकासको लागि राज्यले उपेक्षा गरेको भन्दै साहले आलोचना गरे ।

नयाँ भनिएका र विकल्प दिन्छु भनेकाहरुले नै अहिले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको पद बाँड्दै हिँडेको भन्दै यस्तो नक्कली कुरा र कोरा सपना जनतामाँझ नबाँड्नको लागि पनि साहले चेतावनी दिए । चुनावमा जनमत ल्याएर सरकार बनाउनुको साटो अहिले नै जनतालाई झुक्याउनको लागि नयाँ भनिएकाहरुले नक्कली कुरा गरेको र झुटको खेती गरिरहेको साहको आरोप छ ।

रास्वपामा समाहित भएका बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाईएको र रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलाई भावी अर्थमन्त्री भन्दै बजेट लेख्न थाल्न भनेर रवि लामिछानेले निर्देशन दिएको विषयमा पूर्वमन्त्री साहको यस्तो टिप्पणी आएको हो ।

कार्यक्रममा आजपा सहअध्यक्ष तिलक थापामगर, उपाध्यक्ष एलिजा गौतम, संगठन बिभाग प्रमुख त्रिभुवन साह, लुम्बिनी प्रदेश अध्यक्ष बिजय यादव लगायत नेताहरूको बिशेष सहभागिता रहेको थियो ।