१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

युरोपभर हिउँ–बरफको कहर

युरोपभर हिउँ–बरफको कहर
Cars drive around a curve in a snow covered forest of the Taunus region near Frankfurt, Germany, Tuesday, Jan. 6, 2026. (AP Photo/Michael Probst)
अ अ+ अ-

नेदरल्यान्ड्स। हिउँ, बरफ र चिसो तापक्रमका कारण मङ्गलबार युरोपका विभिन्न देश गम्भीर रूपमा प्रभावित भएका छन् ।

खराब मौसमले फ्रान्समा कम्तीमा पाँच जनाको ज्यान लिएको छ भने युरोपकै सबैभन्दा व्यस्त विमानस्थलहरूमध्ये एकबाट सयौँ उडान रद्द भएका छन् । सडक, रेल र हवाई यातायात अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त बनेको छ ।

फ्रान्सको दक्षिणपश्चिमी ल्यान्डेस क्षेत्रमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । पेरिस वरपरको इले–डे–फ्रान्स क्षेत्रमा पनि कम्तीमा दुई जनाको ज्यान गएको छ । सोमबार भारी हिमपातका कारण ठूलो ट्राफिक जाम भएपछि अधिकारीहरूले सडकबाट ट्रकहरू हटाउन आदेश दिएका थिए ।

मङ्गलबार बिहान पेरिसका छाना र ऐतिहासिक स्थलहरू हिउँले ढाकिएका देखिए । विद्यालय बन्द हुँदा बालबालिका खुसी देखिए पनि यात्रुहरू भने कमै खुसी थिए, किनकि उत्तर र पश्चिम फ्रान्सका छ वटा विमानस्थल भारी हिमपातका कारण बन्द गरिएका थिए ।

नेदरल्यान्ड्समा पनि अवस्था गम्भीर रह्यो । एम्स्टर्डमको सिफोल विमानस्थलले करिब ४०० उडान ग्राउन्डेड भएको जनाएको छ । रनवे सफा गर्न र विमान डि–आइस गर्न ढिलाइ हुँदा सोमबार पनि सयौँ उडान रद्द भएका थिए ।

थप हिमपातको पूर्वानुमानसँगै रेल सेवा पनि प्रभावित भयो । राष्ट्रिय रेलवे कम्पनी एनएसले सीमित सेवा मात्र सञ्चालन भएको र अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न यात्रुहरूलाई आग्रह गरेको छ । सडकहरूमा चिप्लोपनका कारण यात्रुहरूले लामो समय लाग्ने यात्रा भोग्नुपरेको छ ।

इटालीको रोममा भने निरन्तर वर्षाले समस्या निम्त्याएको छ । टाइबर नदी बढ्दा जोखिम बढेपछि मेयर रोबर्टो गुअल्तेरीले पार्क र जोखिमयुक्त क्षेत्रहरूमा सार्वजनिक पहुँच सीमित गर्न आदेश जारी गर्नुभएको छ ।

यही कारण पोप लियो चौधौँको एपिफेनी आशीर्वाद कार्यक्रममा सेन्ट पिटर स्क्वायरमा सीमित मात्र श्रद्धालुहरू उपस्थित भए । उत्तर इटालीमा बोलोग्ना हिउँले ढाकिएको छ भने डोलोमाइट्स क्षेत्रमा स्कियरहरूका लागि भने अनुकूल अवस्था बनेको छ ।

बेलायतको उत्तरी भागमा चिसो अत्यधिक बढेको छ । रातको तापक्रम माइनस १२.५ डिग्री सेल्सियससम्म झरेको छ । हिउँ र बरफका कारण रेल, सडक र हवाई सेवा प्रभावित हुँदा सयौँ विद्यालय बन्द गरिएका छन् । खेलकुद कार्यक्रमहरू रद्द भएका छन् भने ग्लासगोको सबवे र लिभरपुलको जोन लेनन विमानस्थल केही समयका लागि बन्द गर्नुपरेको थियो ।

उत्तर स्कटल्यान्डमा थप १५ सेन्टिमिटरसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको छ । सांसद एन्ड्र्यु बोवीले अवस्थालाई गम्भीर बताउँदै सेना परिचालन गरेर राहत र आपूर्ति पुर्‍याउन आग्रह गर्नुभएको छ ।

बाल्कन क्षेत्र पनि खराब मौसमबाट अछुतो रहेन । बोस्निया, सर्बिया र आसपासका देशहरूमा भारी हिउँ र वर्षाका कारण नदीहरू बढेका छन्, यातायात अवरुद्ध भएको छ र विद्युत् तथा पानी आपूर्तिमा समस्या आएको छ । सारायेभोमा हिउँले ढाकिएको रूखको हाँगा खस्दा एक महिलाको मृत्यु भएको छ । सर्बियाका केही नगरपालिकामा आपतकालीन अवस्था घोषणा गरिएको छ र अधिकारीहरूले यात्रामा अत्यन्त सावधानी अपनाउन आग्रह गरेका छन् ।

एड्रियाटिक तटमा भने तीव्र हावा र आँधीबेहरीले क्षति पुर्‍याएको छ । क्रोएसिया र मोन्टेनेग्रोका तटीय क्षेत्रमा समुद्री छाल समुद्र किनारका संरचनासम्म पसेको दृश्य सार्वजनिक भएका छन् । समग्रमा, युरोपभरि फैलिएको हिउँ, बरफ र खराब मौसमले जनजीवन, यातायात र पूर्वाधारमा गम्भीर असर पारेको छ ।  (रासस/एपी)