१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

‘भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको भूमिका आवश्यक’

‘भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको भूमिका आवश्यक’
अ अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले समाजका सबै पक्षलाई शान्ति, संयम, सहिष्णुता र सद्भाव कायम राख्दै स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने आवश्यक भएको बताउनुभएको छ ।

“हाल मुलुकको अवस्था संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई शान्ति, संयम, सहिष्णुता र सद्भाव कायम राख्दै स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि जिम्मेवार भूमिका निर्वाह गर्न म सम्पूर्ण नागरिकलाई आग्रह गर्दछु”, उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ ।

उहाँले मुलुकका केही भूभागमा पछिल्ला दिनमा केही सम्प्रदायबीच उत्पन्न असमझदारी, वैमनस्यता र द्वन्द्वले हाम्रो साझा सामाजिक सद्भावलाई चुनौती दिएको दुःखद घटनाले सबैलाई गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गर्नुभएको छ ।

“नेपालको संविधानले हाम्रो राष्ट्रलाई धर्मनिरपेक्ष, समावेशी र विविधतापूर्ण समाजको रूपमा परिभाषित गरेको छ । हाम्रो मुलुकको शक्ति नै विविधता, सहिष्णुता र परस्पर सम्मानमा निहित छ, जुनसुकै धर्म मान्ने सम्प्रदाय, समुदाय, समाज र नेपाली नागरिक सबै एउटै राष्ट्रिय परिवारका सदस्य हौँ, हाम्रो भाइचाराको सम्बन्ध, सहअस्तित्व र परस्पर विश्वास नै हाम्रो पहिचान हो, यसलाई अक्षुण्ण राख्नु हामी सबैको साझा कर्तव्य हो”, उपराष्ट्रपति यादवको सन्देशमा उल्लेख छ ।

आपसीद्वन्द्व र वैमनस्यता त्यागेर शान्ति, सद्भाव र सहिष्णुताको बाटो रोज्नुपर्ने उहाँको भनाइ छ । धार्मिक वा सांस्कृतिक भिन्नतालाई विभाजनको कारण नभइ समृद्ध विविधताको धरोहरका रूपमा स्वीकार गर्दै कुनै पनि अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा संलग्न नहुन तथा संवाद, मेलमिलाप, भाइचारा, अपनत्वभाव र सहयोगलाई प्राथमिकता दिनुपर्नेमा उपराष्ट्रपति यादवले जोड दिनुभएको छ ।

स्थानीय प्रशासन, धार्मिक अगुवाजन तथा नागरिक समाजलाई मिलेर सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै उहाँले साझा लक्ष्य एकताबद्ध, शान्तिपूर्ण र समावेशी नेपाल निर्माण गर्नु भएको बताउनुभएको छ ।

“नेपाल हाम्रो साझा फूलबारी हो । यस फूलबारीलाई सुन्दर, मनमोहक, सुरक्षित, सम्मानजनक र प्रेमपूर्ण बनाउन हामी सबैको समान जिम्मेवारी, दायित्व र कर्तव्य हो ।

यसमा कत्ति पनि विचलित नभइ मुलुकको समुन्नत र दिगो विकासका लागि हामी सबै दृढ सङ्कल्पका साथ अगाडि बढ्नुपर्छ”, उपराष्ट्रपति यादवले सबैमा अपिल गर्नुभएको छ । रासस