१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्नुको मुख्य कारण यातायात मात्र होइनः सडक विभाग

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्नुको मुख्य कारण यातायात मात्र होइनः सडक विभाग
अ अ+ अ-

काठमाडौँ।  सडक विभागका वातावरण निरीक्षक मनोज अर्यालले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्नुको मुख्य कारण यातायात क्षेत्रबाट निस्कने धुवाँधुलो मात्र नभएको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को कार्यान्वयनको अवस्था सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चैत–वैशाखतिर प्रदुषण अत्यधिक बढ्दा र प्रदूषण न्युन हुँदा पनि यातायातका साधनको संख्या उस्तै रहने तथ्यले यातायात मात्रै मुख्य कारक नभएको देखाएको जिकिर गर्नुभयो । उहाँले वायु प्रदूषणमा यातायातको भुमिका भए पनि उपत्यकामा बढ्दो प्रदुषणको सम्पूर्ण दोष यातायात क्षेत्रलाई मात्र दिनु उचित हुने जिकिर गर्नुभयो ।

उहाँले यातायातको माध्यमबाट हुने प्रदूषण नियन्त्रण गर्न कर तथा भन्सार नीतिको पुनरावलोकन गरी विद्युतीय सवारी (ईभी)लाई प्रोत्साहन गरिएको समेत बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा सवारी आयातमध्ये दुई तिहाइभन्दा बढी विद्युतीय सवारी रहेका छन् ।

उहाँले भन्नुभयो, ‘काठमाडौं उपत्यकाको वातावरण प्रदुषण चैत, वैशाखतिर एकदमै उच्च तहमा पुग्दाखेरी र प्रदुषण न्यून हुँदा पनि यातायातका साधनहरु बराबर नै हुँदा वायु प्रदुषण बढ्नुको मुख्य कारक यातायात नै हो भन्ने कुरा देखिएन ।

प्रदुषण बढ्नुमा यातायातको भुमिका छ तर सम्पूर्ण रुपमा यातायातकै कारण उपत्यकामा वायुप्रदुषण बढेको भने होइन । यसका लािग हामीले कर तथा भन्सारको पुनरावलोकन गरेर ईभीलाई सहजता प्रदान गरेका छौँ । गत वर्षको तथ्यांक हेर्दाखेरी दुई तिहाईभन्दा बढी ईभी सवारी आयात भएको छ ।

अहिले ईभी प्रवद्र्धन भएको छ । हामीले साना गाडी मात्र होइन मास ट्रान्सपोटेसनमा पनि ईभी चलाउनुपर्छ भनेर नेपाल सरकार र चीनसकारबीच छलफल गरेर एक सय वटा ईभी बस चीन सरकारले दिने भनेको छ ।

अहिले पनि हामीले मास ट्रान्सपार्टेसनमा ४० वटा विद्युतीय बसहरु सञ्चालनमा छन् । हामीले यातायातको कारण वायु प्रदुषण नहोस् भनेर यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’

नेपाल सरकार र चीन सरकारबीच छलफल भई चीन सरकारले १ सय विद्युतीय बस उपलब्ध गराउने प्रतिवद्धता जनाएको र हाल काठमाडौं उपत्यकामा ४० वटा विद्युतीय बस सञ्चालनमा रहेको अर्यालले बताउनु भयो । —न्युज एजेन्सी नेपाल