१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवेणी कपको उपाधि पुनः एपिएफकै पोल्टामा



अ+ अ-

लमजुङ। जिल्लाकै ठूलो धनराशि पुरस्कारको ३३ औँ त्रिवेणी कपको उपाधि पुनः साविक विजेता विभागीय सशस्त्र प्रहरी फुटबल क्लब एपिएफको पोल्टामा पुगेको छ ।

त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा आज सम्पन्न फाइनल खेलमा ल्याङ्दी देवी फुटबल क्लब नाल्मा लमजुङलाई ०– २ गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफले उपाधि जितेको हो ।

गतवर्ष पनि एपिएफले नै उपाधि जितेको थियो । उपाधिसँगै रु १२ लाख नगद पुरस्कार, मेडल, ट्रफी प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष टेकजङ्ग गुरुङले बताउनुभयो । उपाधिबाट चुकेको नाल्माले रु छ लाख नगद पुरस्कारमा चित्त बुझाएको छ ।

एपिएफका खेलाडी युवराज खड्काले म्यान अफ दि म्याच घोषित हुँदै नगद रु १० हजार प्राप्त गरे । उत्कृष्ट गोल रक्षक एपिएफकै एन्जल श्रेष्ठ तथा सर्वोत्कृष्ट खेलाडी सन्तोष खत्री घोषित हुँदै जनही रु २५/२५ हजार प्राप्त गर्न सफल भए ।

यस प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।रासस