१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

म्यान्मामा सेनासँग निकट दलको बहुमत

म्यान्मामा सेनासँग निकट दलको बहुमत
अ अ+ अ-

याङ्गुन। म्यान्माको प्रमुख सैन्य समर्थक पार्टीले जुन्ता सरकारको नेतृत्वमा भएको पहिलो चरणको चुनावमा जित हासिल गरेको सोमबार सार्वजनिक अन्तिम परिणामले देखाएको छ ।

निर्वाचनमा ‘युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडिपी)’ ले तल्लो सदनको लगभग ९० प्रतिशत सिट जितेको घोषणा गरिएको छ ।

सन् २०२१ मा निर्वाचित आङ सान सुकीको प्रजातान्त्रिक सरकारलाई सेनाले ‘कू’ मार्फत अपदस्थ गरेको थियो भने त्यसपछि पहिलो पटक एक महिनाको अवधिमा तीन चरणमा निर्वाचन गरिरहेको छ। दोस्रो चरणको निर्वाचन जनवरी ११ र तेस्रो जनवरी २५ मा हुँदैछ ।

पश्चिमा कूटनीतिज्ञ र प्रजातन्त्रवादी पक्षधरहरूले म्यान्माकी नेतृ सुकीको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ को विघटन, एनएलडी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ र निर्वाचित सांसद्हलाई अपदस्थ गरी असन्तुष्टहरूमाथिको दमन र सैन्य सहयोगीहरूको साथ मतदान भएको भन्दै चुनावलाई सैन्य शासनलाई पुनः अनुमोदन गर्ने चालको रूपमा व्याख्या गर्दै सम्पूर्ण प्रक्रियाप्रति असहमति जनाका छन् भने परिणामलाई पनि अस्वीकार गरेका छन् ।

सैनिक समर्थक यूएसडीपीले पहिलो चरणको तल्लो सदनका लागि निर्वाचन भएका १०२ स्थानमध्ये ८९ सिटमा जित हासिल गरेको छ ।

यूएसडीपीको जित डिसेम्बर २८ मा भएको पहिलो चरणको मतदानमा समावेश गरिएको तल्लो सदनको ८७ प्रतिशतभन्दा बढी सिटको बराबर हो । बाँकी प्रायः जातीय अल्पसङ्ख्यकहरूको प्रतिनिधित्व गर्ने दलहरूले जितेका बताइएको छ।

धेरै विश्लेषक र लोकतन्त्र पक्षधर अभियन्ताहरूले यूएसडीपीलाई पार्टीमा वरिष्ठ पदहरूमा सेवा गर्ने सेवानिवृत्त अधिकारीहरूको ठूलो संख्यालाई उद्धृत गर्दै सेनाको प्रोक्सीको रूपमा वर्णन गर्छन् ।

जनवरी २५ मा हुने तेस्रो र अन्तिम चरणको मतदानपछि समग्र परिणाम आउने बताइएको छ । मतदानको बावजुद, तल्लो सदनको एक चौथाइ सिट र प्रमुख क्याबिनेट पदहरू देशको सैन्य मस्यौदा संविधानको सर्तहरू अन्तर्गत सशस्त्र बलका सदस्यहरूका लागि आरक्षित हुनेछन्।

सन् २०२० मा भएको पछिल्लो निर्वाचनमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले युएसडीपीलाई पराजित गरेको थियो ।

निर्वाचनमा ८० वर्षीया सुकी नागरिकको सम्पर्कभन्दा बाहिर जेलमा रहनुभएको थियो भने उहाँको एनएलडीले निर्वाचन बहिस्कार गरेको छ ।

लामो समयदेखि केन्द्रीय शासनको विरोध गर्दै आएका जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूसँग लड्न प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले छापामार एकाइहरू गठन गरेपछि सैन्य कु गरी बनेको सरकार र विपक्षी समूहबीच द्वन्द्व भएको र यो गृहयुद्धमा परिणत भएको थियो ।

विद्रोही समूहहरूले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा मतदान रोक्ने वाचा गरेका छन् भने र जुन्ता सरकारले पनि मतदान देशव्यापी रूपमा हुन नसक्ने स्वीकार गरेको छ । (रासस/एएफपी)