१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिवसीय ‘टेष्ट सिरिज’को उपाधि रुपन्देहीलाई



अ+ अ-

रुपन्देही। भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’अन्तर्गत दुई दिवसीय ‘टेष्ट सिरिज’को उपाधि रुपन्देही–११ ले जितेको छ ।

रुपन्देही क्रिकेट सङ्घको आयोजनामा भैरहवा सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई १०१ रनले पराजित गरेको हो ।

आइतबार रुपन्देहीले पहिलो इनिङमा १२२ रन बनाएको थियो भने आर्मीले दुई १५५ रन बनाएको थियो । यसक्रममा आर्मीका जीतेन्द्रसिंह ठकुरी ५८ रनमा अविजित रहनुभएको थियो ।

आज भएको दोस्रो इनिङमा रुपन्देहीले २०५ रन बनायो, जसमा देव खनालले ७८ र प्रज्वल थापाले ‘नटआउट’ ४२ रन बनाउनुभयो । बलिङमा आर्मीका अनिश धामी र पारससिंह धामीले २–२ विकेट लिनुभयो । आर्मीले पहिलो दिन १६ रनले अग्रता लिए पनि दोस्रो दिन रुपन्देहीले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा ७१ रनमा अलआउट भयो ।

रुपन्देहीको इनिङ सुरु हुनुअघि आर्मीले ३३ रनले अग्रता लिएको थियो । आर्मीका प्रदीप पेलाले २१, जीतेन्द्रसिंह ठकुरीले १७ र प्रदीपसिंह चाइसिरले १६ रन बनाउनुभयो ।
बलिङमा रुपन्देहीका सन्देश थापा र अजयकुमार चौहानले ३–३ तथा सुरज खड्का र विशाल भुसालले १–१ विकेट लिनुभयो । अजयकुमार चौहान ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो ।

प्रतियोगिताअन्तर्गतका एकदिवसीय खेल अब मङ्गलबारदेखि हुनेछन् । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठियाले आफ्ना बुबा स्वर्गीय पवनकुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गर्नुभएको हो । प्रतियोगिता संयोजक प्रथम पराजुलीका अनुसार पुस २३, २५ र २७ गते ओडीआई, २९, ३० र माघ १ गते टी–ट्वान्टी क्रिकेट सिरिज हुनेछ । रासस