१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

विकास सुस्त र सुशासन कमजोर हुँदा नवयुवा पुस्तामा गहिरो असन्तुष्टिः अर्थमन्त्री खनाल

विकास सुस्त र सुशासन कमजोर हुँदा नवयुवा पुस्तामा गहिरो असन्तुष्टिः अर्थमन्त्री खनाल
अ अ+ अ-

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीका कारण आम नवयुवा पुस्तामा गहिरो असन्तुष्टि रहेको बताउनुभएको छ ।

आईतवार ललितपुरमा विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताउनुभएको हो ।

उहाँले नवयुवामा देखिएको असन्तुष्टि समय समयमा विभिन्न घटनाक्रममार्फत प्रकट हुँदै आएको उल्लेख गर्दै हालको राजनीतिक परिस्थिति समेत नवयुवाले व्यक्त गरेको असन्तोष र विद्रोहको परिणाम भएको बताउनु भयो ।

उहाँले आगामी २१ फागुनमा हुने निर्वाचनमा आम नागरिकले विकासको गति तिब्र बनाउने, सुशासनको अनुभुति दिलाउने तथा स्रोत र सम्पतीमाथिको अतिक्रमण घटाउँदै भ्रष्टाचार नियन्त्रण गर्नसक्ने राजनीतिक शक्तिलाई सत्तामा ल्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

देशमा विकाससम्बन्धी नीति र योजना अभाव नभएको भन्दै उहाँले पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका व्यवसायिक योजना तथा निजी क्षेत्रका योजनामा विकासको स्पष्ट खाका भएपनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकको विकास र समृद्धिका लागि बहस नभई व्यवहारमै देखाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीहरुको कारणले आम नवयुवा पुस्तामा ठूलो असन्तुष्टि छ । त्यो असन्तुष्टि बेला बेलामा प्रकट हुँदै आएको अवस्था पनि छ ।

अहिले जुन घटनाक्रमले म र मेरा मन्त्रिपरिषद्का मित्रहरुका साथै सम्माननीय प्रधानमन्त्रीज्यु यो मन्त्रिमण्डलमा छौँ त्यो नवयुवाले व्यक्त गरेको विद्रोह र असन्तोषलाई व्यवस्थापन गरेर मुलुकलाई यहाँहरुले आशा गरेको जस्तो विकासको गति दिनसक्ने, आम नागरिकलाई सुशासनको अनुभुति दिनसक्ने तथा स्रोत र सम्पतीमाथिको अतिक्रमणलाई कम गरेर भ्रष्टाचार नियन्त्रण गर्नसक्ने किसिमको राजनीतिक शक्तिलाई सत्तामा ल्याउनको निमित्त आम नागरिकले अगामी फागुन २१ गते निर्वाचनमा सहभागि हुनेछन् ।

म यत्तिमात्र भन्न चाहन्छु कि म आफैँसँग पनि विकासका शुत्रहरु छैनन् । सम्भवतः हामीले हाम्रा दस्तावेजहरुमा पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका विजनेस प्लानहरु र नीजि क्षेत्र आफ्नैको पनि योजनमा विकासको रुपरेखा व्यक्त भएको छ ।

समस्या हामीकहाँ त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति, इमादारिता र परिणाम ल्याउनसक्ने व्यवस्थापन छैन । यी तीनवटै कुरा बहस गरेर मात्र प्राप्त हुदैनन् । यो कुरा हामी आफैँले अभ्यास गरेर देखाउनुपर्ने हुन्छ ।’

उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत मुलुकका समस्याहरुको हल गर्ने रणनीतिक योजना भएको राजनीतिक शक्तिलाई जिताउन समेत आम नागरिकलाई आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल