१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

धार्मिक सहिष्णुतामाथि खलल पुर्‍याउनेमाथि कारबाही गर्ने सरकारको चेतावनी

धार्मिक सहिष्णुतामाथि खलल पुर्‍याउनेमाथि कारबाही गर्ने सरकारको चेतावनी
अ अ+ अ-

काठमाडौँ। सरकारले धार्मिक समुदायबीच हिंसा भड्काउने खालका गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्ने भएको छ ।

आईतवार सिंहदरवारमा गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले मधेस प्रदेशमा धार्मिक तथा साम्प्रदायिक हिंसा भड्काउने खालका गतिविधि तत्काल नियन्त्रण गर्नका लागि आवश्यक कानूनि कारवाहीलाई अघि बढाउने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले त्यस्ता खालका गतिविधिमा संलग्न जिल्लाहरुमा धार्मिक सदभाव र सहिष्णुता बढाउनका समन्वयात्मक रुपमा प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई समेत आग्रह गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लले जानकारी दिनुभयो ।

मधेस प्रदेशको वीरगञ्ज, जनकपुरलगायतका जिल्लाहरुमा टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोष्ट गरी धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै हिंसात्मक गतिविधि अघि बढेपछि सरकारले त्यस्ता खालका गतिविधि हुन नदिनका लागि कडाईका साथ निगरानी राख्न पनि स्थानीय प्रशासनलाई सचेत गराएको छ ।

त्यसैगरी सो विषयमा गृह मन्त्रालयले सोमवार (भोलि) राष्ट्रिय मानव अधिकार आयोग लगायतसँग पनि छलफल गर्न बैठक बोलाएको छ । बैठकमा जेन–जी आन्दोलनको क्रममा फरार रहेका कैदीहरुलाई पक्राउ गर्ने अभियानलाई तिब्रता दिन पनि गृहमन्त्री अर्यालले प्रहरी प्रशासनलाई सचेत गराउनु भएको थियो ।

प्रवक्ता काफ्लेले भन्नुभयो,‘आजको केन्द्रिय सुरक्षा समितिको बैठकमा विशेष गरी यो निर्वाचनको तयारीको सन्दर्भमा सुरक्षा निकायहरुबाट भईरहेको तयारीको बारेमा छलफल गरिएको थियो भने अर्कोतिर धार्मिक समुदायको बीचमा एक अर्कालाई लक्षित गरेर जुन गलत र आपत्तिजनक टिप्पणी गर्ने एवं अर्काको धर्ममा खलल पुर्याउने गरी भइरहेको ती गतिविधिहरु छन् । ती विषयहरुमा हामीले आज छलफल गर्यौं।

विशेष गरी निर्वाचनको सन्दर्भमा कुरा गर्दा हाम्रा सुरक्षा निकायहरुले अहिलेसम्म के कस्तो तयारी गरिरहनु भएको छ ? उहाँहरुलाई हामीले गरिदिनुपर्ने समन्वयको पार्टहरु के हुन् ? त्यो पार्टमा हामीले छलफल गर्यौं।

अर्को जिल्लाहरुमा विशेष गरी फरार कैदीबन्दीहरुको विषयमा अझ वडा तहसम्म पुगेर भएपनि त्यसलाई अझ हाम्रो जुन अभियान छ, त्यसलाई थप प्रभावकारी ढंगले अघि बढाउनु पर्छ भन्ने विषयमा छलफल भएको छ । सँगसँगै अहिले यो जुन अर्कोको धर्ममा खलल पु¥याउने गरेर गतिविधि भइरहेको भन्ने कुरा आइराखेको छ ।

त्यस्ता कार्यहरुलाई कानूनको दायरामा ल्याएर कारबाही गर्ने, यो जिल्लाहरुमा धार्मिक सदभाव र सहिष्णुता बढाउनका लागि स्थानीय प्रशासनहरुले समन्वयात्मक रुपमा प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्ने, सँगसँगै प्रदेश र स्थानीय तहहरुलाई पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्नका लागि अनुरोध गर्ने भन्ने निर्णय भएको छ ।

सँगसँगै भोली हामी यही विषयलाई केन्द्रित गरेर राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक आयोगहरुसँग सुरक्षा निकायहरुसहित भोली गृह मन्त्रालयमा छलफल गर्ने भन्ने कुराहरु भएका छन् । यिनै विषयहरुमा केन्द्रित भएर आजको केन्द्रिय सुरक्षा समितिको बैठक बस्यो ।’

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनको तयारीका बारेमा भईरहेका कामबारे गृहमन्त्री अर्याललाई ब्रिफिङ पनि गरेका थिए । –न्युज एजेन्सी नेपाल