३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौं राष्ट्रिय उमा कुङफुको तयारी



अ+ अ-

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता फागुन १६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १८ जिल्लाबाट २ सय खेलाडीको सहभागिता रहने आयोजक उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उपत्यका बाहिरबाट आउने खेलाडी तथा अफिसियललाई खाना र बस्न आयोजकले नै व्यवस्था गर्ने बताइएको छ । सान्डामा २३, प्याटर्नमा १६ र ताइचीमा ४ गरी ४३ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिता सञ्चालन गर्न आयोजक संघका सचिव महेश महर्जनको संयोजकत्वमा ९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । जसअन्तर्गत प्रचार प्रसारमा संघका सदस्य जीवन गुरुङ, स्वास्थ्यमा संघका सदस्य रजदीश नेम्कुल, प्राविधिकमा संघका पूर्व अध्यक्ष एवं उमा कुङफुका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगर र आर्थिकमा संघका सदस्य अशोक केसीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

प्रतियोगिताका लागि संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामालाई प्याटर्न र ताइची तथा संघका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय कुङफु फेडेरेसनअन्तर्गत नेपालका लागि महासचिव सन्जितकुमार राईलाई सान्डाका लागि प्रमुख जजमा चयन गरिएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धरास्थित ऋत एकेडेमीमा हुने छ ।