१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध छः मन्त्री खरेल

निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध छः मन्त्री खरेल
अ अ+ अ-

ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन गराउने कार्यमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

ललितपुरको मङ्गलबजारमा आज आयोजित ‘गल्ली माप्स’ द्वारा निर्मित निर्वाचन-२०८२ लक्षित ‘मतदाता पहुँच’का लागि मतदान केन्द्र पहिचान तथा दिशानिर्देशन प्रणालीको सार्वजनिकीकरण कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते निर्वाचन हुनेमा भन्नेमा ढुक्क हुन सबैलाई आग्रह गर्नुभयो ।

“फागुन २१ मा हुने निर्वाचनमा जनहितमा काम गर्नसक्ने नेता र नेतृत्व ल्याउन जरुरी छ । मुलक परिवर्तनको जगमा अगाडि बढ्दैछ, युवापुस्ता राजनीतिमा आउनुपर्छ । मतदान केन्द्र कहाँ छ र कसरी जाने भन्ने चिन्ता लिनु पर्दैन, सूचनाप्रविधिको क्षेत्रमा हामीले फड्को मारिरहेका छौँ । प्रविधिमा आधारित कार्यलाई हामीले अगाडि बढाउनुपर्छ”, मन्त्री खरेलले भन्नुभयो ।

उहाँले वर्तमान सरकारले जेनजी युवाको योगदानको उच्च सम्मान गर्ने बताउँदै युवाहरूले गरेका कामलाई प्रोत्साहन गर्दै सरकारी संयन्त्रमा प्रविधिमाथिको पहुँच र उपयोगलाई तीव्र रूपमा अगाडि बढाउँदै लगिएको जानकारी दिनुभयो ।

मन्त्री खरेलले पाटनका सम्पदाहरूको स्तरोन्नति र सौन्दर्यकरणले पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गरिरहेको धारणा राख्नुभयो । “सम्पदाको स्तरोन्नतिले यहाँको पर्यटन प्रवर्द्धनसँगै रोजगारी वृद्धि, शिक्षा र स्वास्थ्यमा सकारात्मक काम भएका छन् । पाटनका गल्लीसँग म परिचित छु, यहाँका हरेक गल्ली र चोकको बेग्लाबेग्लै महत्त्व छ”, उहाँले भन्नुभयो ।

गल्ली माप्सका संस्थापक राजविक्रम महर्जनले यो प्रणालीले घर नम्बर खोज्नेदेखि मतदाता नम्बरबाट मतदान केन्द्र पहिचान गर्न, जात्रा पर्वका बारेमा जानकारी पाउन सहज हुने जानकारी गराउनुभयो ।रासस