१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मधेसको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाह र मधेसवादी दलबीच छलफल धनुषामा मृत फेला परेका व्यक्ति मन्दिरका पुजारी नभएको पुष्टि, घटनालाई धर्मसँग नजोड्न प्रहरीको आग्रह सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल देशभर हर्षोल्लासका साथ साउन १५ मनाइँदै प्रतिफल नदिने पूर्वाधारमा ऋण लगानी गर्दा मुलुक संकटतर्फः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्सवले राष्ट्रको आर्थिक क्षेत्रमा नवीन उत्साह सञ्चार गरिरहेका छन्ः उद्योगमन्त्री सिन्हा



फाइल फोटो
अ+ अ-

मोरङ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले राष्ट्रको आर्थिक तथा व्यावसायिक क्षेत्रमा महोत्सवले नवीन उत्साह सञ्चार गरिहेको बताउनुभएको छ ।

मोरङ उद्योग व्यापार सङ्घ विराटनगरद्वारा आयोजित ‘विराट ट्रेड एक्स्पो’ को आज साँझ यहाँ समापन गर्दै उहाँले यस प्रकारको एक्स्पोले नवीनतम् प्रविधि र व्यावसायिक सञ्जाल निर्माण गर्न महत्त्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

मन्त्री सिन्हाले नेपालको औद्योगिक विकासमा विराटनगरको अत्यन्त गौरवशाली इतिहास रहेको चर्चा गर्दै उद्यमशीलताको विकासमा यस क्षेत्रका अग्रज उद्यमी गरेको योगदानले मुलुकमा औद्योगिक क्रान्ति ल्याएको धारणा राख्नुभयो ।

“कोशी प्रदेश आर्थिक समृद्धिको असिम सम्भावना बोकेको औद्योगिक क्षेत्र हो, यस क्षेत्रले १६ प्रतिशत गार्हस्थ्य उत्पादन र २५ प्रतिशत औद्योगिक उत्पादन गरी राष्ट्रलाई योगदान पु¥याएको छ”, उहाँले भन्नुभयो,“नेपाल–भारत परिवहन सन्धिको संशोधनले यो योगदानलाई थप बढाउने छ ।

कलकत्ता र विशाखापटनम बन्दरगाहबाट विराटनगर जोगवनीसम्म रेलमार्फत सबै किसिमका कार्गो ढुवानीको कानुनी बाटो खुला भएकाले व्यापार सहजीकरण र ढुवानी भाडा घट्ने विश्वास छ ।”

वर्तमान सरकार फागुन २१ गते निर्वाचन सम्पन्न गरी राष्ट्रलाई राजनीतिक स्थायित्वको मार्गमा अग्रसर गराउन अगाडि बढेको भन्दै मन्त्री सिन्हाले सरकार युवाशक्तिलाई अधिकतम रूपमा राजनीतिको अग्रपङ्क्ति लैजान प्रतिबद्ध रहेको बताउनुभयो । सोहीअनुसार प्रतिनिधिसभाको निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको उहाँको भनाइ थियो ।

सङ्घका अध्यक्ष अनुपम राठी, एक्स्पोका संयोजक अमितकुमार सारडा र पूर्वअध्यक्ष नवीन रिजालले एक्स्पोले  नयाँ उद्यमी र व्यवसायी जन्माउन सहयोग पु¥याउन योगदान गरिरहेको बताउनुभयो ।

एक्स्पोमा नेपाली घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादन, अटोमोबाइल क्षेत्रका साथै भारत, बङ्गलादेश, पाकिस्तानमा उत्पादित वस्तुसहितका दुई सय बिक्री केन्द्र रहेका थिए ।

एक्स्पोमा तीन लाख स्वदेशी तथा भारतीय दर्शकले अवलोकन गर्र्नाका साथै करिब रु ५० करोडको कारोबार भएको आयोजकले जनाएको छ । यहाँ यही पुस ९ देखि एक्स्पो सञ्चालन गरिएको थियो । सङ्घले यसअघि विसं २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ एक्स्पो आयोजना गरेको थियो ।




भर्खरै