४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो

सीसीआरसी र साइपाल च्याम्पियन

सीसीआरसी र साइपाल च्याम्पियन
अ+ अ-

काठमाडौं । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र साइपाल एकेडेमीले नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने ।

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा सीसीआरसीले ओमेगालाई ७७–६१ ले पराजित गर्यो । सीसीआरसीको जितमा अनमोल खत्रीले २८ अंक योगदान गरे । विजेता सीसीआरसीले २० हजार तथा उपविजेता ओमेगाले १० हजार नगद पुरस्कार हात पारे । गल्र्सको उपाधि भिडन्तमा अस्मिता थापाको १९ अंक सहयोगमा साइपालले रिलायन्सलाई ४७–२७ ले हरायो । उपाधिसंगै साइपालले १५ हजार नगद पुरस्कार पायो भने रिलायन्सले १० हजार नगदमा चित्त बुझायो ।

आयोजक क्वेस्टका संस्थापक स्व। नारायणप्रसाद श्रेष्ठको स्मृतिमा आयोजित प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय अनमोल र अस्मिता आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा ओमेगाका अनुप मगर तथा गल्र्समा साइपालकी दृष्टि श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर अनुपले ७३ र दृष्टिले ६४ स्कोर गरे ।

विजेतालाई सांग्रिला बैंककी बोर्ड अफ डाइरेक्टर लिजा शेरचन, सांग्रिला बैंककी मार्केटिङ प्रमुख अर्पणा वज्राचार्य, क्वेस्टका प्रिन्सिपल उदयराज पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगिताको ब्वाइजमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्समा ५ टिमले राउन्ड रोविन लिगका आधारमा खेलेका थिए ।