१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीसीआरसी र साइपाल च्याम्पियन



अ+ अ-

काठमाडौं । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र साइपाल एकेडेमीले नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने ।

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा सीसीआरसीले ओमेगालाई ७७–६१ ले पराजित गर्यो । सीसीआरसीको जितमा अनमोल खत्रीले २८ अंक योगदान गरे । विजेता सीसीआरसीले २० हजार तथा उपविजेता ओमेगाले १० हजार नगद पुरस्कार हात पारे । गल्र्सको उपाधि भिडन्तमा अस्मिता थापाको १९ अंक सहयोगमा साइपालले रिलायन्सलाई ४७–२७ ले हरायो । उपाधिसंगै साइपालले १५ हजार नगद पुरस्कार पायो भने रिलायन्सले १० हजार नगदमा चित्त बुझायो ।

आयोजक क्वेस्टका संस्थापक स्व। नारायणप्रसाद श्रेष्ठको स्मृतिमा आयोजित प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय अनमोल र अस्मिता आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा ओमेगाका अनुप मगर तथा गल्र्समा साइपालकी दृष्टि श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर अनुपले ७३ र दृष्टिले ६४ स्कोर गरे ।

विजेतालाई सांग्रिला बैंककी बोर्ड अफ डाइरेक्टर लिजा शेरचन, सांग्रिला बैंककी मार्केटिङ प्रमुख अर्पणा वज्राचार्य, क्वेस्टका प्रिन्सिपल उदयराज पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगिताको ब्वाइजमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्समा ५ टिमले राउन्ड रोविन लिगका आधारमा खेलेका थिए ।