२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान निकेतन विजयी



अ+ अ-

काठमाडौं । ज्ञान निकेतनले आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा ज्ञान निकेतनले जेभियर इन्टरनेसनल कलेजलाई ९२–८९ ले पराजित गर्यो । निर्धारित समयको खेल ७७–७७ को बराबरीमा टुंगिएको थियो । ज्ञान निकेतनका किरण कँडेलले २१ अंक जोडे ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा रामेछाप र टाइम्स विजयी भए । रामेछापले एन्जल्स हार्टलाई ५२–१५ ले हरायो । रामेछापका समिर तामाङले १२ स्कोर गरे । हिमालयन ह्वाइटाहउस विरुद्ध टाइम्स ७५–६७ ले विजयी भयो । टाइम्सका लागि कुशल शाक्यले २३ अंक जोडे ।

यस्तै काठमाडौं विनायक शिक्षालय (केभीएस) र न्यु स्टार पोल पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।

काँडाघारीस्थित आयोजक अर्किडको मैदानमा भएको सेमिफाइनलमा केभीएसले गोल्डेन बडलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । गोल्डेन बडका पर्वत मगर ‘म्यान अफ द म्याच’ घोषित भए । अर्को सेमिफाइनलमा न्यु स्टार पोलले हाइली क्रिएटिभलाई १–० गोलले हरायो । मुस्कान तामाङले निर्णायक गोल गरे । हाइलीका देवचन्द्र पाठक ‘म्यान अफ द म्याच’ बने । विजेताले २० हजार, उपविजेताले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै जया मल्टिीपल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टग अफ वारमा शुक्रबार च्याम्पियन बनेका छन् । जया ब्वाइज तथा ऋत गल्र्समा पहिलो भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा भएको ब्वाइज फाइनलमा जयले गोल्डेनगेटलाई २–० ले पराजित ग¥यो । काठमाडौं हिसानद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा ऋतले हिमालयलाई २–० ले हरायो ।

विजेतालाई हिसानका अध्यक्ष एवं राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारी, काठमाडौं हिसानका सचिव समेत रहेका नेपाल तान डोरी संघका अध्यक्ष भवानीप्रसाद पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नकआउट प्रतिस्पर्धामा ब्वाइजतर्फ १४ र गल्र्समा ९ टिम सहभागी थिए ।