३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्किड कपमा केभीएस च्याम्पियन



अ+ अ-

काठमाडौं । काठमाडौं विनायक शिक्षालय (केभीएस) ले पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको फाइनलमा केभीएसले न्यु स्टार पोललाई २–० गोलले पराजित गर्दै नयाँ च्यायम्पियन बन्यो । केभीएसका अविरल थापा र नवीन रोकायाले गोल गरे । न्यु स्टार पोलका सुजिप खत्री ‘म्यान अफ द म्याच’ घोषित भए ।

उपाधिसंगै केभीएसले २० हजार तथा न्यु स्टार पोलले १५ हजार नगद पुरस्कार हात पारे । गोल्डेन बडले तेश्रो स्थानमा चित्त बुझायो । तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धामा गोल्डेन बडले हाइली क्रिएटिभलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । गोल्डेन बडले १० हजार तथा हाइलीले ५ हजार नगद पुरस्कार पाए ।

केभीएसका नवीन रोकाया उत्कृष्ट खेलाडी, न्यु स्टार पोलका योगेश विष्ट उत्कृष्ट डिफेन्डर तथा न्यु स्टार पोलकै श्रीकृष्ण खत्री उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर ७ गोल गरेका केभीएसका अविरल थापा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । प्रीतिमाले अनुशासित टिमको उपाधि हात पार्यो ।

विजेतालाई बागमती प्रदेश सांसद् मणिराम फुयाल, नेपाली कांग्रेस क्षेत्र नं। २ का सभापति उपेन्द्र कार्की, अर्किडका अध्यक्ष प्रेमकुमार भुजेल, अर्किडका प्रिन्सिपल चोलिन्द्रबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २४ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ३६ टिम सहभागी थिए ।