३१ जेष्ठ २०८३, आईतवार
,
Latest
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

७० प्रतिशत भूकम्पपीडितलाई तेस्रो किस्ता प्रदान: प्रमुख ज्ञवाली



अ+ अ-

पाल्पा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास निर्माणका लागि अनुदान बुझी आवास निर्माण हुन नसकेको परिवारको खोजी हुने बताएका छन् । उनले सरकारी अनुदान बुझेर घर पुनःनिर्माण हुन नसकेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम हुने बताए । कुन घर किन बनेन भन्ने बारे प्राधिकरणले सबै तथ्याङ्क व्यवस्थित गर्न थालेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । प्राधिकरणले देशभर ७० प्रतिशत भूकम्पपीडित निजी आवास बनाउन तेस्रो किस्ता प्रदान गरिएको बताएका छन् ।

उनका अनुसार ६२ प्रतिशत भूकम्पपीडित नयाँ निजी आवासमा बसोबास गर्न थालेका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ५२ प्रतिशत भूकम्पपीडितलाई दोस्रो किस्ता रकम भुक्तानी भइसकेकोे बताए । उनले भूकम्पबाट क्षति भएका स्वास्थ्य चौकी, विद्यालय तथा ऐतिहासिक सम्पदाहरुको काम तीव्ररुपमा भइरहेको जानकारी दिए । नेपालमा छोटो समयमा पनि प्राधिकरणको प्रगति राम्रो रहेको ज्ञवालीको भनाइ थियो ।

पाल्पामा भूकम्पबाट क्षति भएका ११४ विद्यालयका ३४८ कोठा निर्माण गर्ने कार्य भइरहेको उनले बताए। प्राधिकरणका प्राविधिक भूकम्पपीडितका घरमा पुग्नुभन्दा अघि निर्माण भएका संरचनालाई प्राधिकरणले एकमुष्ट तेस्रो किस्तासम्मको रकम भुक्तानी गर्दै आएको छ । प्राधिकरणले भूकम्पपीडितलाई वित्तीय र प्राविधिक सहयोग मात्र प्रदान गर्दै आएको छ ।