९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक अर्बकोे तरकारी निर्यात



अ+ अ-

सर्लाही । लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा मात्रै करीब रु सवा अर्बको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा रु एक अर्ब १५ करोड ५४ लाख ५७ हजार २४५ को तरकारी निकासी भएको हो ।

लालबन्दी, ईश्वरपुर, हरिव ननगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाका स्थानीयवासीले करीब एक हजार बिघाभन्दा बढी क्षेत्रमा उत्पादन गरेको तरकारी लालबन्दी आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले बताउनुभयो ।

जिल्लाबाट ५५ हजार ९४५ टन तरकारी बाहिरिएकामा गोलभेँडाको पकेट क्षेत्रका रूपमा चिनिएको लालबन्दीबाट वार्षिक करीब २७ हजार ९७२ टन अर्थात् सबैभन्दा बढी ५० प्रतिशत गोलभेँडा तथा टमाटर बाहिरिने गरेको कार्यालयले जनाएको छ । त्यस्तै पर्वल २५, बोडी १०, सिमी १० र भिण्डी, काउली, बन्दा, भण्टा, घिराँैला, झिम्नी, लौका, फर्सी, मुन्गा र मूलालगायत पाँच प्रतिशत तरकारी लालबन्दीबाट देशका विभिन्न स्थानमा जाने गरेको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ को साउनमा एक हजार ५९९, भदौमा चार हजार ९९८, असोजमा दुई हजार ८१३, कात्तिकमा २३ हजार ३७२, मङ्सिरमा तीन हजार ७०८, पुसमा तीन हजार ७९६, माघमा पाँच हजार ३७३, फागुनमा तीन हजार १०१, चैतमा एक हजार १८६, वैशाखमा ९२२, जेठमा दुई हजार २९५ र असार महिनामा दुई हजार ७७८ गरी कूल ५५ हजार ९४५ टन तरकारी जिल्लाबाहिर निर्यात भएको कार्यालयले जनाएको छ ।

स्थानीयवासीले व्यावसायिक रुपमा उत्पादन गरेको तरकारी काठमाडौँ, पोखरा, बुटबल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, रामेछाप, सिन्धुली, सुनसरी र विराटनगरका साथै छिमेकी देश भारतका विभिन्न स्थानमा समेत जाने÷गरेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापन समितिका अध्यक्ष दरेश चौधरीले बताउनुभयो ।

तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक रुपमा तरकारी खेतीप्रति आकर्षित हुँदै आइरहेका छन् । परम्परागत अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्दै आइरहेका सर्लाहीवासीले झण्डै एक हजार बिघाभन्दा बढी जमीनमा तरकारी खेती गर्ने गरेका कृषि ज्ञान केन्द्र मलङ्गवाका कार्यालय सहायक कार्यालय प्रमुख देवानन्द राय यादवले बताउनुभयो ।

विगतमा घरपरिवार पाल्न भारतका विभिन्न ठाउँका साथै खाडी मुलुकमा मजदूरीका लागि जाने किसान अहिले तरकारी खेतीमा रमाइरहेका स्थानीयवासी रमेश अधिकारीले बताउनुभयो । तरकारी खेतीले किसानको जीवनस्तरमा निकै परिवर्तन ल्याएको उहाँको भनाइ छ । यस पटक तरकारीबाट करीब रु तीन लाख आम्दानी गर्न सफल भएको अर्का किसान रामपुकार महत्तोले बताउनुभयो । सडक पुगेपछि व्यापारी गाउँमै पुगेर समेत तरकारी खरीद गर्ने गरेको किसान किशोरी महत्तोले बताउनुभयो ।

तरकारी उत्पादनबाट गाउँमा बर्सेनी रु चार/पाँच करोड भित्रिने गरेको भए पनि भण्डारणको व्यवस्था नहुँदा समस्या भएको लालबन्दी–७ का अध्यक्ष कुमार न्यौपानेले बताउनुभयो । गाउँका सबैजसोले तरकारी उत्पादन गर्दै आइरहेका छन् । जैविक तरकारी भएकाले देशका ठूला शहरमा समेत यहाँको तरकारी गोलभेँडा टमाटरको माग बढेको वडा नं ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले बताउनुभयो । गाउँमा शीतभण्डारण केन्द्र नहुँदा बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ ।




भर्खरै