१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा पुनम विजयी



अ+ अ-

काठमाडौं । नेपाल आर्मीकी पुनम रावल थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बुधबार छनोट भएकी छन् ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोट प्रतिस्पर्धाको महिला ६० केजी फाइनलमा पुनमले काभ्रेकी डेक्छेन शेर्पालाई पराजित गरिन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताको पुरुष ५२ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले दाङका सुरज ओली तथा आर्मीका सुशिल थापा मगरले रामेछापका सुवास तामाङलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे । पुरुष ५७ केजीमा ललितपुरका बुद्ध ग्याम्जो लामाले कास्कीका जुनेश गुरुङ तथा आर्मीका पुरन सुनुवारले प्रहरीका शम्भु राजवंशीलाई पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।

पुरुष ६३ केजीमा झापाका अभिनय राई र काठमाडौंका सनिल शाहीले फाइनल यात्रा तय गरे । अभिनयले नक्सालका मौसम राना मगर तथा सनिलले आर्मीका दानबहादुर दर्लामीको चुनौती पन्छाए । प्रतियोगिता बिहीबार सम्पन्न हुने छ ।