४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायनबाट अभिनयतर्फ समीर



अ+ अ-

काठमाडौँ । युवापुस्ता माझ आफ्ना सङ्गीत र गायनका कारण चर्चामा रहनुभएका समीर श्रेष्ठले अभिनय यात्राको सुरुआत गर्नुभएको छ ।

आफ्ना गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिने गर्नुभएका गायक श्रेष्ठले चलचित्र ‘रमिताको पिरती’मार्फत अभिनय यात्राको सुरुआत गर्दै हुनहुन्छ । कलाकारितामा इच्छा भएकाले नै अभिनयमा आफू आएको गायक श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले अभिनय गर्ने सोच बनाएको थिएँ । तर, सही समय र पटकथा पाउन सकेकी थिएन् । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु पनि । सबै कुरा भने जस्तो भएपछि किन पर्खिने भनेर अभिनय यात्रा प्रारम्भ गरेको हुँ ।”

श्रेष्ठले अभिनेता बने पनि गायन र सङ्गीतलाई नछाड्ने बताउनुभयो । “मेरो पहिचान गायनले दिएकाले त्यसलाई छाड्ने वा रोक्ने भन्ने नै छैन । मेरो सक्रियता अभिनयमा पनि हुन्छ, तर गायन मेरो मुख्य पेसा हो । मलाई गायनमा झैँ अभिनयमा पनि माया गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु”, गायक श्रेष्ठले भन्नुभयो ।

सुदिप्ताले निर्देशन गर्नुभएको उक्त चलचित्रमा गायक श्रेष्ठसँगै आना शर्मा, धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारले अभिनय गर्नुभएको छ । उक्त चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै तयार पार्नुभएको हो भने शिशिर विशङ्खेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गर्नुभएको छ ।

पछिल्लो समय निर्माण भइरहेका भन्दा फरक विषय र प्रस्तुतिकरण भएकाले नयाँ पुस्तालाई यो चलचित्रले आकर्षण गर्ने वितरक करण श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ अनुहारलाई लिएर तयार गरिएकाले पनि यो चलचित्र युवापुस्ताका लागि नयाँपन दिने बन्नसक्छ । यसको विषय र प्रस्तुतिकरणले विशेषतः युवापुस्तालाई चलचित्र भवनसम्म ल्याउँछ भन्ने हाम्रो विश्वास छ ।”

उक्त चलचित्र आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।




भर्खरै