२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा महेश बर्तौलाले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

विघटित प्रतिनिधिसभामा एमालेका मुख्य सचेतक रहेका बर्तौलाले खुल्लातर्फ सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी संस्थापनको प्यानलमा केन्द्रीय सदस्यको प्यानलमा रहेका छन् । बर्तौला गत निर्वाचनमा मकवानपुर–२ बाट विजयी सांसद समेत हुन् ।

बर्तौलाले सामाजिक सञ्जालमार्फत आफूले उम्मेदवारी दिएको जनाउँदै भनेका छन्–
नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मा खुल्ला क्षेत्र तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छु ।

यस जिम्मेवारीका लागी यहाँहरू सम्पुर्णबाट महत्वपुर्ण सहयोगको अपेक्षा राखेको छु ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ ।

कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ ।