२९ श्रावण २०८३, शुक्रबार
,
Latest
किशोर श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश कास्कीको मोदी खोलाको बाढीमा फसेका तीन जनाको रोप रेस्क्युबाट सकुशल उद्धार ग्यास अभावका बेला होटललाई आवश्यकताभन्दा बढी मौज्दात नराख्न विभागको निर्देशन सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, एक वर्षमा २० हजारभन्दा बढी साइबर अपराधका निवेदन नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे स्याङ्जाको अरौदीखोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी अविरल वर्षा र बाढीका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक र पुल बगायो (तस्बिरसहित) बाजुरा पहिरो अपडेटः बेपत्ता र घाइतेको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, एक वर्षमा २० हजारभन्दा बढी साइबर अपराधका निवेदन



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जाल तथा डिजिटल प्रविधिको दुरुपयोगसँगै साइबर अपराधका घटना बढ्दै गएको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा निवेदन प्रहरीमा दर्ता भएका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त अवधिमा साइबर अपराधसम्बन्धी १६१ वटा मुद्दा दर्ता भएका छन् भने १५५ जना पक्राउ परेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरी ब्ल्याकमेल गर्ने, ठगी गर्ने, अनलाइन स्क्यामिङ गर्ने तथा विभिन्न डिजिटल प्रणालीमा अनधिकृत पहुँच पु¥याउनेलगायतका गतिविधिमा संलग्नलाई साइबर ब्यूरोले अनुसन्धान गरी कानुनी दायरामा ल्याउँदै आएको छ ।

साइबर अपराधका घटनामा फेसबुक/म्यासेन्जरको दुरुपयोगसम्बन्धी सात हजार १२३ वटा निवेदन परेका छन् । त्यस्तै टिकटकका छ हजार ७७६, ह्वाट्सएपका तीन हजार १०५, टेलिग्रामका एक हजार ३१, इन्स्टाग्रामका ६२८ र इमेलका ११४ वटा निवेदन दर्ता भएका छन् ।

त्यसैगरी इसेवा, खल्ती, बैंक खाता तथा एसएमएससँग सम्बन्धित ७४४, संस्थासम्बन्धी ८४६, युट्युबका ६४, इमोका ३८, भाइबरका २१, वीच्याटका १४ तथा ट्वीटर र गुगलका ११/११ वटा निवेदन परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा साइबर अपराधसम्बन्धी १८ हजार ९२६ र आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ७३० वटा निवेदन दर्ता भएका थिए । यसले पछिल्लो समय साइबर अपराधसम्बन्धी उजुरीको संख्या उल्लेख्य रहेको देखाउँछ ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले सामाजिक सञ्जालको प्रयोग बढेसँगै यसको दुरुपयोग पनि बढिरहेको बताउनुभयो । उहाँका अनुसार पछिल्ला दुई आर्थिक वर्षका उजुरीको प्रवृत्ति हेर्दा बैंक तथा वालेटको कर्मचारी भएको भन्दै खातामा पहुँच पु¥याएर ठगी गर्ने, गिफ्ट, लोटरी तथा पार्सलको बहानामा रकम असुल्ने, प्रेम सम्बन्धमा पारेर ठगी गर्ने र वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति बढेको छ ।

त्यस्तै टेलिग्राम, ह्वाट्सएप तथा इन्स्टाग्राममा अनलाइन जबको प्रलोभन देखाउने र अनलाइन सपिङका नाममा ठगी गर्ने घटना पनि बढिरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाललाई इमेलमार्फत अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गरेको आरोपमा असार २६ गते पक्राउ गरिएको थियो । नुवाकोटकै १९ वर्षीय विवेक सुनारलाई सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँच पु¥याएर ठगी गरेको आरोपमा असार २४ गते पक्राउ गरिएको थियो । त्यस्तै इसेवाको कर्मचारी भएको भन्दै ठगी गरेको आरोपमा रौतहटका २२ वर्षीय शुभम साह असार २ गते पक्राउ परेका थिए ।

प्रविधिको दुरुपयोगबाट अपराधका नयाँ शैली र प्रवृत्ति देखिन थालेपछि अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएको प्रहरीको भनाइ छ । यस्ता चुनौती सामना गर्दै साइबर अपराधको रोकथाम तथा अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयबाट साइबर ब्यूरो स्थापना गरिएको हो ।

ब्यूरोलाई थप प्रविधियुक्त बनाउनुका साथै प्रहरी कर्मचारीको साइबर अपराध तथा सुरक्षासम्बन्धी क्षमता अभिवृद्धि र आम नागरिकमा साइबर सुरक्षासम्बन्धी सचेतना फैलाउने कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

साइबर अपराधमा संलग्नलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही हुने गरेको नेपाल प्रहरीले जनाएको छ । रासस