२९ श्रावण २०८३, शुक्रबार
,
Latest
पोखराको पृथ्वीचोकमा महानगरद्वारा निर्मित ‘कोसेली घर’ उद्घाटन रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता किशोर श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश कास्कीको मोदी खोलाको बाढीमा फसेका तीन जनाको रोप रेस्क्युबाट सकुशल उद्धार ग्यास अभावका बेला होटललाई आवश्यकताभन्दा बढी मौज्दात नराख्न विभागको निर्देशन सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, एक वर्षमा २० हजारभन्दा बढी साइबर अपराधका निवेदन नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे स्याङ्जाको अरौदीखोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा महेश बर्तौलाले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

विघटित प्रतिनिधिसभामा एमालेका मुख्य सचेतक रहेका बर्तौलाले खुल्लातर्फ सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी संस्थापनको प्यानलमा केन्द्रीय सदस्यको प्यानलमा रहेका छन् । बर्तौला गत निर्वाचनमा मकवानपुर–२ बाट विजयी सांसद समेत हुन् ।

बर्तौलाले सामाजिक सञ्जालमार्फत आफूले उम्मेदवारी दिएको जनाउँदै भनेका छन्–
नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन मा खुल्ला क्षेत्र तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छु ।

यस जिम्मेवारीका लागी यहाँहरू सम्पुर्णबाट महत्वपुर्ण सहयोगको अपेक्षा राखेको छु ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ ।

कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ ।