११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरूको विशेष अफर
अ अ+ अ-

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सहभागी अवलोकनकर्तालाई लक्षित गर्दै साझेदार बैंकहरूले अटो लोनमा विशेष ब्याजदर तथा सुविधा उपलब्ध गराएका छन्।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँगको साझेदारीमा एक्स्पोमा को-स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनर सिद्धार्थ बैंक र एनएमबी बैंकले विशेष योजनासहित मेलास्थलबाटै कर्जा सेवाका लागि सहजीकरण गरिरहेका छन्।

आफूलाई मन परेको सवारीसाधन छनोट गरेपछि अवलोकनकर्ताले बैंकका स्टलमा पुगेर कर्जाका लागि नाम दर्ता गराउन तथा क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्मको प्रिमियममा कर्जा उपलब्ध गराइरहेका छन् भने सेवा शुल्क ०.५ प्रतिशत मात्रै लिइरहेको जनाएका छन्।

एक्स्पोको तेस्रो दिनसम्म अवलोकनकर्ताको संख्या बढेसँगै बैंकका स्टलमा पनि कर्जासम्बन्धी जानकारी लिन आउनेको भीड बढेको छ।

ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ म्यानेजर मन्जिल बिष्टले एक्स्पोमा हरेक दिन अवलोकनकर्ताको संख्या बढेसँगै बैंकको स्टलमा कर्जाबारे जानकारी लिनेको संख्या पनि उल्लेख्य रूपमा बढिरहेको बताए।

‘गाडी छनोट गरिसकेपछि हाम्रो स्टलमा आएर कर्जाका लागि नाम टिपाउने तथा क्यूआर स्क्यान गरेर आवेदन दिनेहरूको संख्या उल्लेख्य छ,’ उनले भने, ‘सवारी विक्रेता कम्पनीहरूले आकर्षक अफर ल्याएर अवलोकनकर्ताको मन जितिरहँदा त्यसलाई सहयोग पुग्नेगरी हामीले काम गरिरहेका छौँ।’

मेलामा कर्जाका लागि नाम दर्ता गराउने अवलोकनकर्तालाई सम्बन्धित बैंकका शाखासँग जोड्ने काममा पनि बैंकका स्टलहरूले सहजीकरण गरिरहेका छन्।

सिद्धार्थ बैंकका लाजिम्पाट शाखाका प्रबन्धक विष्णुप्रसाद शर्माका अनुसार स्टलमा संकलन भएका विवरण केन्द्रीय कार्यालयमा पठाउने र केन्द्रीय कार्यालयले अवलोकनकर्तालाई सम्पर्क गरी सम्बन्धित शाखासँग जोड्ने काम भइरहेको छ। कतिपय ग्राहकलाई भने मेलास्थलबाटै सम्बन्धित शाखासँग जोडिदिने गरिएको उनले बताए।

उनका अनुसार सवारीसाधन छनोट गरेपछि कर्जाका लागि नाम दर्ता गराउने अवलोकनकर्ताको संख्या हरेक दिन बढिरहेको छ।

त्यस्तै, एनएमबी बैंकले पनि मेलास्थलमा रहेको स्टलबाट अवलोकनकर्तालाई कर्जा सेवाका लागि सहजीकरण गरिरहेको जनाएको छ। बैंककी रिलेसनसिप म्यानेजर समीक्षा पन्तले नाइमा एक्स्पोलाई लक्षित गरी ब्याजदर परिमार्जन गरिएको र ग्राहकको प्रतिक्रिया उत्साहजनक रहेको बताइन्।

‘हामीले मेला अवलोकनकर्तालाई आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिरहेका छौँ,’ उनले भनिन्, ‘नाइमालाई लक्षित गरेर ब्याजदर रिभाइज गरेका हौँ। ग्राहकको रेस्पोन्स राम्रो आइरहेको छ।’

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता तथा आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका प्रमुख आकर्षण बनेका छन्।