११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

ग्यास अभावका बेला होटललाई आवश्यकताभन्दा बढी मौज्दात नराख्न विभागको निर्देशन

ग्यास अभावका बेला होटललाई आवश्यकताभन्दा बढी मौज्दात नराख्न विभागको निर्देशन
अ अ+ अ-

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न होटल तथा फर्मको अनुगमन गर्दै ग्यास अभावका बेला आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर मौज्दात नराख्न निर्देशन दिएको छ।

विभागले बिहीबार काठमाडौंका विभिन्न उद्योग तथा फर्ममा अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरिएको जनाएको छ।

अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१०, नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलले आफूलाई आवश्यक परेको समयमा सहज रूपमा ग्यास उपलब्ध हुनुपर्ने अपेक्षा राखेको पाइएको विभागले जनाएको छ।

त्यस्तै, काठमाडौं महानगरपालिका–९, बत्तीसपुतलीस्थित द्वारिकाज काठमाडौं भिलेज होटल प्रालिलाई ग्यास अभावका बेला आफूलाई आवश्यक पर्नेभन्दा बढी ग्यास भण्डारण नगर्न निर्देशन दिइएको छ।

काठमाडौं महानगरपालिका–१३, ताहाचलस्थित सोल्टी होटल लिमिटेड र सिटी होटल लिमिटेडलाई पनि होटलको आवश्यकताअनुसार मात्र ग्यास सिलिण्डरको मौज्दात राख्न निर्देशन दिइएको विभागले जनाएको छ।

काठमाडौं महानगरपालिका–२, लाजिम्पाटस्थित ओरियण्टल होटल्स लिमिटेड (र्‍याडिसन)लाई आवश्यक परिमाणमा मात्र ग्यास सिलिण्डर खरिद गर्न तथा अनावश्यक मौज्दात नराखी व्यवसायीको नैतिक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइएको छ।

यसैगरी, काठमाडौं महानगरपालिका–२७, मासंगल्लीस्थित मिस फेशन प्रालि (नारी फेशन प्रालि)लाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।
विभागले ग्यासको आपूर्ति व्यवस्थालाई सहज बनाउन व्यवसायी तथा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास मौज्दात नगरी जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिएको छ।