२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: नेपोली र बार्सिलोना बराबरीमा



अ+ अ-

एन्टोन ग्रिजमनको गोलमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा नेपोलीलाई १–१ को बराबरीमा रोकेको छ । ग्रिजमनले खेलको ५७औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

यसअघि ड्रिस मार्टिन्सले गोल गर्दै घरेलु मैदानमा नेपोलीलाई अग्रता दिलाएका थिए । उनले ३० औं मिनेटमा गोल गरे र यो उनको क्लबका लागि १ सय २१ औं गोल रह्यो । यसक्रममा उनले क्लबका लागि सर्वाधिक गोल गर्ने मारेक हामसिकको बराबरी गरेका छन् ।

मंगलबार रातिको खेलको अन्त्यतिर बार्सिलोना १० खेलाडीमा सीमित रह्यो । आरटुरो भिडाल दोहोरो पहेँलो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।