३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: नेपोली र बार्सिलोना बराबरीमा



अ+ अ-

एन्टोन ग्रिजमनको गोलमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा नेपोलीलाई १–१ को बराबरीमा रोकेको छ । ग्रिजमनले खेलको ५७औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

यसअघि ड्रिस मार्टिन्सले गोल गर्दै घरेलु मैदानमा नेपोलीलाई अग्रता दिलाएका थिए । उनले ३० औं मिनेटमा गोल गरे र यो उनको क्लबका लागि १ सय २१ औं गोल रह्यो । यसक्रममा उनले क्लबका लागि सर्वाधिक गोल गर्ने मारेक हामसिकको बराबरी गरेका छन् ।

मंगलबार रातिको खेलको अन्त्यतिर बार्सिलोना १० खेलाडीमा सीमित रह्यो । आरटुरो भिडाल दोहोरो पहेँलो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।