४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित भयो : प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझावका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाउनुभएको छ । आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै उहाँले प्रतिवेदनपछि बन्दशत्रको हलदेखि  बाहिर तरङ्ग, उत्साह र जिज्ञासा व्यक्त भएको तथा महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रहेकाले सबैको चासोलाई उपयुक्त रूपमा सम्बोधन गर्ने बताउनुभयो ।
 
उहाँले पार्टीलाई जनपक्षीय बनाउन र देश तथा जनताको हितमा केन्द्रीत गर्न आफैबाट शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्दै माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित गराएरै छाडिने दृढता व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि विभिन्न २५ समूह बनाएर मङ्गलबार र बुधबार मध्याह्नसम्म छलफल भएको थियो । छलफलका क्रममा उठेका विषयमाथि बुधबार र बिहिबार समूहका नेताले बन्दशत्र हलमा जानकारी गराएका थिए । त्यसक्रममा उठेका समग्र प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिनुभएको हो । उहाँले माओवादीको महाधिवेशनका कारण देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हाम्रो पृष्ठभूमि र विरासतको कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जनआन्दोलनको संवाहक पार्टी भएको नाताले, यो परिवर्तनसँग पार्टी आन्दोलन विरासत जोडिएकाले यो महाधिवेशनप्रति देश तथा दुनियाँको ध्यान छ ।” माओवादीले कस्तो कार्यक्रम ल्याउने हो, कस्तो सङ्गठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने आम रूपमा चासो पैदा भएको भन्दै उहाँले भन्नुभयो, “कसैले २१ शताब्दी फड्को हान्न खोजे पनि भने । कतिले २०औँ शताब्दीमा फर्कन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने । तर, यो महाधिवेशन अरुभन्दा फरक रह्यो ।”

सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राखेको भन्दै उहाँले पार्टी रुपान्तरणमा केन्द्रित बनेको र सोही आधारमा  कम्युनिष्ट आन्दोलनको इतिहासमा समेत दर्ज भएको बताउनुभयो । दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस्, यो महाधिवेशनमा विचारको विकास गर्ने सन्दर्भमा वा आत्मसमीक्षाको रुपमा पनि जनतासँग जोडिने सवालमा महत्वपूर्ण रहेको अध्यक्ष प्रचण्डको भनाइ छ । नयाँ बहसको सृष्टि गर्ने महाधिवेशनका रूपमा पनि दर्ज भएको उहाँले स्पष्ट पार्नुभयो ।
 
अध्यक्ष प्रचण्डले भन्नुभयो, “राजनीतिक एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने भएको छ । महाधिवेशन उद्घघाटन शत्रमा पनि यहाँहरूले सुन्नु भो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, सङ्घीयता सबैसबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै भन्नुभयो ।” आफूले प्रस्तुत गरेको प्रतिवेदन बन्दशत्रको साझा सम्पत्ति भएको भन्दै उहाँले सबैको सुझाव समेटिने विश्वास दिलाउनुभयो ।