१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी

निगमको जहाजमा २१ जना सित्तै जापान उड्दै, को को हुन् उनिहरु ?

निगमको जहाजमा २१ जना सित्तै जापान उड्दै, को को हुन् उनिहरु ?
अ अ+ अ-

काठमाडौँ । दैनिक ५३ लाख रुपैयाँ घाटा बेहोर्दै आएको र ४० अर्बको ऋणमा डुबेको नेपाल वायुसेवा निगमले सोमबार जापानको नारिताका लागि गर्न लागेको पहिलो उडानमा २१ जनालाई ‘औचित्यबिना’ लैजाने भएको छ । उनीहरू सबैको आतेजाते टिकट, भिसा शुल्क, होटल खर्च, दैनिक भ्रमण भत्ता निगमले व्यहोर्ने छ । निगमले यसमा न्यूनतम २५ लाख रुपैयाँ लाग्ने भनेको छ ।

निगमका एक निर्देशकका अनुसार सञ्चालक समिति सदस्य तथा सांसदलाई दैनिक १ सय १० डलर भत्ता, जापान बसाइमा प्रतिकोठा दैनिक १ सय १२ डलर, जानेआउने हवाई टिकट, कार्यक्रमलगायत खर्चको बिल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई बेहोर्न भनिएको छ । ‘सांसदलगायतलाई एकतर्फी १ लाख रुपैयाँ हाराहारी पर्ने बिजनेस श्रेणीको सिटमा लैजाने भनिएको छ,’ निगमको वाणिज्य विभागका एक कर्मचारीले भने, ‘तर यताबाट जाँदा सबै बिजनेस श्रेणीका सिट खाली भएकाले भ्रमणमा जाने सबैको सिट ७० हजार रुपैयाँ पर्ने इकोनमी श्रेणीबाट अपग्रेड गर्नुपर्ने भनिएको छ ।’

जापानका लागि उड्ने निगमको वाइडबडी विमानमा १८ वटा बिजनेस, २ सय ५६ इकोनमीसहित २ सय ७४ वटा सिट छन् । यो भ्रमणमा इकोनमी श्रेणीमा राखिएका भ्रमणका सदस्यलाई बिजनेस श्रेणीमै लैजाने भनिएको विमानस्थलस्थित अन्तर्राष्ट्रिय उडान हेर्ने एक अधिकारीले बताए । सोमबार जाने नेपाली टोली बुधबार मात्रै फर्किने छ ।

निगम व्यवस्थापनले यो भ्रमणलाई ‘मन्त्रालयको दबाब’ का कारण तय गर्नुपरेको भनेको छ । ‘अन्तिम समयमा सूची आयो, हामीलाई थाहै थिएन,’ निगमका एक अर्का अधिकारीले भने, ‘कोरोना भाइरस संक्रमण जोखिमका कारण जापान सरकारले जारी गरेको ट्राभल एड्भाइजरीका कारण निगमको तामझामको कार्यक्रम थिएन । भीडभाड, सभा सम्मेलनमा रोक लगाइएकाले सिधा उडानको कार्यक्रम थियो ।’ मन्त्रालयबाट दबाब आएपछि आफूहरूले रोक्न नसक्ने उनले बताए । ‘हाम्रो अवस्था नाजुक छ । कर्मचारीलाई उपदान दिने पैसा छैन । तालुक मन्त्रालयका पदाधिकारी आफ्नै बाउको कम्पनी ठान्छन्, कसलाई भन्नु ?’ ती अधिकारीले भने, ‘मन्त्रीले वाह नेपाल वायुसेवा बनाउँछु भनेका छन् तर उनकै नेतृत्वको मन्त्रालयबाट फजुल खर्चका लागि दबाब आउँछ ।’

मन्त्रालयले पठाएको १८ जनाको सूचीमा १४ जनाको नाम नसुनिएका र पर्यटन तथा निगमसँग असम्बन्धित रहेका ती निर्देशकले भने । यीबाहेक दुई जना सञ्चालक समिति सदस्य र दुई जना निगमका निर्देशक छन् । लेखालगायत विभिन्न संसदीय समितिले विगतमा निगमको जहाजमा सित्तैमा हुने भ्रमणलाई रोक लगाउनुपर्ने र औचित्य पुष्टि नभएको भ्रमणमा खर्च असुलउपर गर्नुपर्ने निर्देशन दिँदै आएका छन् ।

यस पटक निगम व्यवस्थापनले मन्त्रालयबाट पठाइएको सूचीलाई पर्यटन सचिव केदारबहादुर अधिकारी अध्यक्ष रहेको निगमको सञ्चालक समितिमा पठाएको थियो । उक्त समितिले बिहीबार ६ जना सांसद, दुई जना निगमका सञ्चालक समिति सदस्य, ५ जना कर्मचारी, पर्यटनमन्त्री योगेश भट्टराईको सचिवालयका स्वकीय उपसचिव प्रेम गुरागाईंसहित दुई जना प्रतिनिधि, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, काठमाडौं विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी, सरकार निकट पत्रकारहरूको संगठनका ४ जना पत्रकारको नाम अनुमोदन गरेको छ । त्यस्तै भर्खरै नारिता गइसकेका र ओशाका मात्रै ५ पटक पुगेका वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र निगमकै नायब महाप्रबन्धक गणेशबहादुर चन्द पनि यो भ्रमणमा जाँदै छन् । यो भ्रमण टोलीमा मन्त्रीका प्रेस संयोजक राजेश राई पनि छन् ।

‘यो नौटंकी भ्रमण हो । यसअघि ओशाकामा पनि यस्तै भ्रमण भएको थियो तर त्यस सेक्टरमा अर्बौं घाटा बेहोर्दै बन्द गर्नुपर्‍यो,’ निगम सञ्चालक समितिका एक सदस्यले भने, ‘कति विरोध गर्नु । म एक जना बोर्ड सदस्यले रोकेर रोकिँदैन ।’ सञ्चालक समितिमा रहेका अर्थ मन्त्रालयका प्रतिनिधि सहसचिव विष्णुराज ढकालले ‘आफूले बोल्न नमिल्ने विषय’ भन्दै टिप्पणी गर्न चाहेनन् । उनले आफू यो भ्रमणमा सामेल नहुने पनि बताए ।

हाल कोभिड–१९ को प्रभाव विश्वभरको पर्यटन क्षेत्रमा परेकाले पर्यटनमन्त्री भट्टराईले जापान नजाने भनेको र निगम अध्यक्ष पर्यटन सचिव अधिकारी जर्मनीमा हुन लागेको पर्यटन मेलामा जाने भएको हुनाले उनीहरूको नाम सूचीमा नराखिएको स्रोतले भनेको छ । निगममा ऋण लगानी गर्ने कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल इन्भेस्टमेन्ट बैंक, हिमालय बैंकका प्रतिनिधिहरूले पनि विवादमा परिने र जापानमा कोभिड–१९ को संक्रमण फैलिसकेकाले निगमको भ्रमणको निम्तो अन्तिम समयमा रद्द गरेको स्रोतले बताएको छ । भिसा पनि आइसकेपछि शुक्रबार बेलुकी वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भ्रमण नगर्ने जानकारी गराएको निगमको महाप्रबन्धक कार्यालयले जनाएको छ ।

भ्रमण टोलीमा रहेका नेकपाका सांसद कृष्ण दाहालले आफ्नो नाम सूचीमा परेको बारे थाहा नभएको बताए । ‘मलाई थाहा नै थिएन । खै कसैले फ्याट्ट फोन गरेर तपार्इं पनि जानुपर्‍यो भने,’ संसद्को अर्थ समितिका सांसदसमेत रहेका उनले भने, ‘फोन गर्ने को हुन् थाहा भएन ।’ कांग्रेस सांसद पुष्पा भुसालले आफू संसद्को अन्तर्राष्ट्रिय समितिबाट प्रतिनिधित्व गर्न लागेको जनाउँदै आफ्नो भ्रमणलाई पार्टीबाट पनि अनुमति रहेको बताइन् ।

विगतमा भएका भ्रमणको औचित्यमा प्रश्न गर्ने संसद्को लेखा समितिका सभापति भरतकुमार शाहले निगमले गर्न लागेको भ्रमणलाई फजुल खर्च भनेका छन् । ‘तथ्यसहित आए हामी छानबिन गर्छौं,’ उनले भने । पर्यटनमन्त्री भट्टराईले यो भ्रमणबारे आफूलाई जानकारी नभएको दाबी गरे ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।