१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी

अदालतको आदेश छलेको र अवज्ञा गरेको आरोपमा आईजीपीसहित चार प्रहरी अधिकृतलाई मानहानी मुद्धा चलाउन सर्वाेच्चको आदेश

अदालतको आदेश छलेको र अवज्ञा गरेको आरोपमा आईजीपीसहित चार प्रहरी अधिकृतलाई मानहानी मुद्धा चलाउन सर्वाेच्चको आदेश
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले एक बन्दी प्रत्यक्षीकरण रिटमा अदालतबाट सुनुवाइ भएर छाड्न दिएको आदेश पालना नगर्नु अशोभनीय मात्रै नभई आपत्तिजनक रहेको भन्दै पक्राउ परेकाहरूलाई छाड्ने फैसला गरेको छ । पछिल्लो समय अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा छाड्ने आदेश दिँदा पनि प्रहरीले अदालत परिसरबाटै पक्राउ गर्न थालेपछि आदेश नमान्ने प्रहरी प्रमुखको नाममा लिखित जवाफ पेस गर्न भनेको छ ।

भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई रिहा गर्न आदेश दिएपछि पनि अदालत परिसरबाट पक्राउ गरेपछि बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले पक्राउ गर्ने प्रहरी वृत्तका प्रमुखलाई लिखित जवाफ पेस गर्न भनेको छ ।

भीमप्रसाद अधिकारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चको संयुक्त इजलासले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डीएसपी सन्तोष राठौर, महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तम सुवेदी, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल बुढाथोकी र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीसहित चार प्रहरी अधिकारीलाई अदालतमा सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन भनेको छ ।

फैसलामा भनिएको छ, ‘अदालतबाट भएको आदेश तथा फैसलाको पालना हुनु नै पर्दछ । बहानाबाजी गरेर अदालतबाट भएका निर्णयको पालना गर्नमा अटेर गर्ने, छल्ने वा अवज्ञा गर्नेजस्ता कार्य अशोभनीय मात्र नभएर आपत्तिजनक नै हुन्छन् । त्यस प्रकारको प्रवृत्ति नेपालको संविधानको धारा १२८ मा रहेको प्रावधान, कानुनको शासन र न्यायिक मूल्यमान्यता प्रतिकूल हो । यसरी हेर्दा रिट निवेदकहरूप्रति पूर्वाग्रह तथा प्रवृत्त धारणा राखी बन्दी बनाएको र अदालतबाट जारी भएको आदेश पालना गर्न अटेर गरेको समेत देखियो ।’

संविधानको धारा १२८ ९४० अनुसार अदालतबाट जारी भएको आदेश नमान्नेलाई अदालत आफंैले प्रतिवेदन तयार पारेर मुद्दा चलाउन पाउने अधिकार दिएको छ । अदालतले बन्दी प्रत्यक्षीकरणमा रिहा गर्न आदेश दिने र प्रहरीले अदालत परिसरबाटै धरपकड गर्ने क्रम बढेसँगै सर्वोच्चले आदेशको पालना नभएको भन्दै लिखित जवाफ पेस गर्न आदेश गरेको हो । पछिल्लो समय विप्लप नेकपाका ललितपुर जिल्ला इन्चार्ज रमेश डंगोललाई रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको थियो ।

उनलाई गएको वर्ष एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । तर, उनलाई अदालतले उनलाई रिहा गर्न आदेश दियो । पटकपटक बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा परिरहने र प्रहरीले अदालत परिसरबाटै पक्राउ पुर्जीबिना नै गिरफ्तार गर्ने परिपाटी बढेपछि सर्वोच्चले प्रहरीसँग लिखित जवाफ मगाउने आदेश जारी गरेको हो ।

अदालतले फैसला जारी गर्दै भनेको छ, ‘२०७६ फागुन ५ गते यस अदालतबाट जारी भएको बन्दी प्रत्यक्षीकरणको आदेशअनुसार निजहरू थुनामुक्त भएको देखियो । यसरी आदेश जारी भई थुनामुक्त भएकाहरूलाई पुनः सर्वोच्च अदालतको गेटबाटै महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रहरीले पक्राउ गरेको भनी निवेदनमा उल्लेख भएको पाइयो । विपक्षीहरूको लिखित जवाफबाट समेत सोही दिन पुनः पक्राउ गरेको हो भन्ने देखिएको छ ।’ राजधानी दैनिक