२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा रियल सेल्टा भिगोसँग आफ्नै घरेलु मैदानमा ०–२ गोलले पराजित भएको हो ।

सेल्टालाई जित दिलाउन दुबै गोल विलिअट स्वेडवर्गले गरे । उनले खेलको ५४ औं र ९०(३ औं मिनेटमा गोल गरेका हुन् । रियलका फ्रान गार्सियाले ६४ औं मिनेटमा रातो कार्ड खाएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजापछि रियल १६ खेलबाट ३६ अंकका साथ दोस्रो स्थानमा छ । शीर्षस्थानको बार्सिलोनाको ४० अंक छ । सेल्टा १९ अंकका साथ १० औं स्थानमा छ ।