१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला



तस्बिर : गोपाल दाहाल/रासस
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विधान र लोकतान्त्रिक पद्धतिविपरीत गरिने कुनै पनि कार्यले संगठनलाई हित नगर्ने बताउनुभएको छ ।

संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगको भूमिका, संविधान कार्यान्वयन र पार्टीको आन्तरिक विवादबारे कडा टिप्पणी गर्नुभएको हो । नेता सिटौलाले सम्बोधनका क्रममा मुलुकको वर्तमान संविधानले शान्ति, लोकतन्त्र, समृद्धि र स्वाधीनताको परिकल्पना गरेको उल्लेख गर्नुभयो ।

लोकतान्त्रिक समाजवादको सिद्धान्तमा आधारित भएर राज्यले विपन्न वर्गको दायित्व बोक्नुपर्नेमा जोड दिँदै उहाँले संविधान एक गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्ने बताउनु भयो ।

पार्टीको आन्तरिक विवाद र निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति कडा आपत्ति जनाउँदै सिटौलाले आयोगको कार्यशैलीमाथि प्रश्न उठाउनु भयो । पार्टीको आधिकारिक नेतृत्व र कार्यसमितिलाई जानकारी नै नदिई विशेष महाधिवेशनलाई मान्यता दिनु न्यायसंगत नभएको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, पक्ष र विपक्षको कुरा सुन्दै नसुनी, आधिकारिक रेकर्ड नै नहेरी आयोगले कसरी यस्तो निर्णय गर्न सक्छ ? यस्तो प्रवृत्तिले निर्वाचन आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ । सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयमाथि पुनरावलोकनको ढोका खोलेको छ, यसलाई गल्ती सच्याउने अवसरका रूपमा लिनुपर्छ । हठ र अहंकारले सही गन्तव्य तय गर्न सकिँदैन ।’

उहाँले सर्वोच्च अदालतको पूर्ण इजलासबाट नेपाली काँग्रेसले न्याय पाउने विश्वास समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल