११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक

काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक
तस्बिर : गोपाल दाहाल/रासस
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको वर्तमान वैचारिक तथा संगठनात्मक मतभेदलाई अन्त्य गर्दै काँग्रेसलाई एकतावद्ध बनाउन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भुमिका निर्णायक हुने बताउनुभएको छ ।

पार्टीको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता लेखकले देशको वर्तमान परिस्थिति जटिल रहेको उल्लेख गर्दै यस्तो अवस्थामा लोकतन्त्र र राष्ट्रिय एजेण्डाहरूलाई सम्बोधन गर्न काँग्रेस अनुशासित र सुसंगठित हुनुपर्नेमा जोड दिनुभयो

। पार्टीभित्र देखिएको पछिल्लो विवादको मुख्य कारण विशेष महाधिवेशनको माग र त्यसले निम्त्याएको कार्यविधि रहेको उहाँको विश्लेषण छ । लेखकले नियमित महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरणको प्रक्रिया स्वाभाविक हुने भएपनि बीचैमा विशेष महाधिवेशनको बाटो रोज्दा पार्टीमा द्वन्द्वको बीजारोपण भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज नेपाली काँग्रेस मानसिक र संगठनात्मक रूपमा विभाजित हुनसक्ने जटिल मोडमा उभिएको छ । सभापति देउवाको स्वदेश फिर्तीसँगै पार्टीलाई एकताबद्ध गर्ने र देशका महत्वपूर्ण विषयहरूमा ठोस निर्णय लिने वातावरण बन्नेमा हामी विश्वस्त छौँ । निश्चित अवधि पुगेपछि हुने स्वाभाविक प्रक्रियालाई छाडेर शल्यक्रियामार्फत समयअगावै सन्तान प्राप्तिको प्रयास गर्दा त्यसले आमा र सन्तान दुवैको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेजस्तै पार्टीमा पनि विशेष महाधिवेशनले समस्या सिर्जना गरेको छ । यो एउटा अप्राकृतिक र अस्वभाविक कदम सावित भएको छ ।’

नेता लेखकले भएका त्रुटिहरूलाई सच्याउँदै १४ औँ महाधिवेशनको निरन्तरता र १५ औँ महाधिवेशनको तयारीका पक्षधरहरूबीच समन्वय हुनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल