२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड



अ+ अ-

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले वन विज्ञानलाई विकासको आयामका रूपमा लिनुपर्नेमा बताउनुभएको छ ।

विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानको ५४औँ वार्षिकोत्वसका अवसरमा आज कीर्तिपुरमा आयोजित ‘भविष्यका लागि वन’ सम्मेलनको उद्घाटन सत्रमा उपकुलपति थापाले वन क्षेत्रका विज्ञका साथै आम समुदायले वन संरक्षणमा उत्तिकै योगदान गर्दै आएको र यस क्षेत्रमा अझै धेरै काम गरिनुपर्नेमा जोड दिनुभयो ।

“वन हाम्रो इतिहासमात्र होइन, भविष्य पनि हो । वर्तमान र भविष्यको पुस्ताका लागि हाम्रा दायित्व छन् । अहिले हामीले वन संरक्षणका लागि अहिले कुनै योगदान गर्न सकेमा त्यो भावी पुस्ताका लागि त्यो देन हुनेछ”, उपकुलपति डा थापाले भन्नुभयो, “मैले काठमाडौँ विश्वविद्यालयमा रहँदा ‘जिओम्याटिक इन्जिनियरिङ’को पाठ्यक्रम लागू गराएको थिएँ ।

त्रिविको वन विज्ञान अध्ययन संस्थानका योजनालाई अगाडि बढाउन विश्वविद्यालय प्रशासनले गर्नुपर्ने काममा हामी लाग्ने नै छौँ ।” संस्थानका प्रमुख डा ठाकुर सिलवालले अध्ययन संस्थान वन क्षेत्रको तालिम केन्द्रका रूपमा पनि रहेको बताउँदै यसले वन क्षेत्रको संरक्षण र आर्थिक विकासमा योगदान दिँदै आएको बताउनुभयो ।

उहाँका अनुसार सम्मेलनबाट प्राप्त सुझावका आधारमा वन संरक्षण र दिगो विकासका आयामलाई मार्गदर्शन मिल्ने जनाउनुभयो ।

सम्मेलनमा विश्वविद्यालयका डिनहरू, प्राध्यकपक, वन क्षेत्रका विज्ञ र संरक्षणकर्ताबीच विषयगत छलफल हुनेछ । रासस