२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । कास्की प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । कास्की सेमिफाइनल पुग्ने अन्तिम टोली हो । कास्कीअघि आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स, टाइम्स र गोल्डेनगेटले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

कास्कीले प्रतिस्पर्धात्मक खेलमा सोलो बास्केटबल नेपाललाई ८४–८१ ले पराजित ग¥यो । जितसंगै कास्की समूह ‘बी’ को उपविजेता भयो । पहिलो क्वाटरमा २६–१९ को अग्रता लिएको कास्की दोश्रोमा १४–१८ र तेश्रोमा २०–२४ ले पछि प¥यो । चौथो तथा अन्तिम क्वाटरमा कास्कीले २४–२० को अग्रता लिदै सेमिफाइनलमा स्थान निश्चित ग¥यो । कास्कीको जितमा सागर विकले २१ अंक योगदान गरे । कास्कीकै राजेन्द्र पुन फ्रेस बाइट्स ‘म्यान अफ द म्याच’ घोषित भए ।

सेमिफाइनलमा कास्कीको भेट टाइम्ससंग हुने छ । अर्को सेमिफाइनल रोयल र गोल्डेनगेटबीच हुने छ । दुवै सेमिफाइनल सोमबार हुने छ ।