३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्राइज बैंक मोबाइल बैंकिङ्ग लिडर अवार्डबाट सम्मानित



अ+ अ-

काठमाडौं । सन्राइज बैंक लि. ले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ्ग लिडर अवार्ड प्राप्त गर्न सफल भएको छ । बैंकले मोबाइल बैंकिङ्ग सेवा मार्फत नबिनतम् सेवा सुबिधा तथा सहज डिजिटल भुक्तानी प्रदान गरी छोटो समयमा धेरै ग्राहकहरु बृद्घि गर्न सफल भएको र मोबाइल डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न डिजिटल साक्षरता अभिबृद्घि कार्यक्रमहरु संचालन गर्दै आए बापत सम्मान स्वरुप अवार्ड प्राप्त गरेको हो ।

मोबाइल बैंकिङ्ग सेवा प्रदायक संस्था F1 Soft International मुख कार्यकारी अधिकृत सुवास शर्माले शुक्रबार एक कार्यक्रमका बिच सो अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई हस्तान्तरण गर्नुभयो । डिजिटल भुक्तानी क्षेत्रमा हालसालै स्थापित यस अवार्ड पाउने प्रथम बैंक हुनपाउँदा सन्राइज बैंक परिवार हर्षित भएका छन् ।

१५२ ए.टि.एम, १३० शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्क, ८००० रेमिट्यान्स एजेन्ट मार्फत ६ लाख भन्दा बढि ग्राहकहरुलाई स्वदेश तथा बिदेशमा समेत सेवा प्रदान गर्दै आएको यस सन्राइज बैंक डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो । डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सन्राइज बैंकले बिभिन्न ब्यापारिक प्रतिष्ठानहरु, होटल, हस्पीटल लगायतको क्षेत्रसँग समन्वय गरी बिभिन्न किसिमका छुट योजना, क्यासब्याक योजना लगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको छ ।