२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको सहज जित, चेल्सीले अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले सन्डरल्यान्डलाई ३–० गोलले हराएको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन खेलको ४१ औं मिनेटमा रुवेन डियाजले, ३५ औं मिनेटमा होस्को जिभार्डिओल र ६५ औं मिनेटमा फिल फोडेनले गोल गरे । जितसँगै सिटी १५ खेलबाट ३१ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने सन्डरल्यान्ड २३ अंकका साथ सातौं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा चेल्सीले बर्नमाउथसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । चेल्सी २५ अंकका साथ चौंथो स्थानमा रहँदा बर्नमाउथ भने २० अंकका साथ १३ औं स्थानमा छ ।