२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिड्ससँग बराबरीमा रोकियो लिभरपुल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले बराबरी खेलेको छ । गएराति भएको खेलमा लिभरपुल लिड्स युनाइटेडसँग ३–३ को बराबरीमा रोकिएको हो ।

लिभरपुलले सुरुवाती दुई गोलको अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । ४८ औं र ५० औं मिनेटमा ह्युगो एकिटिकेले गोल गर्दै लिभरपुललाई दुई गोलको अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा काल्भेर्ट लेविनले पेनाल्टीमा गोल गर्दै लिड्सलाई १–२ को अवस्थामा ल्याए ।

त्यसपछि ७५ औं मिनेटमा एन्टोन स्टाचले गोल गर्दै लिड्सलाई २–२ काृे बराबरीमा ल्याए । ८० औं मिनेटमा डोमिनिक सोबोज्लाईले गाृेल गर्दै लिभरपुललाई ३–२ ले अघि बढाए । तर, खेल सकिनै लाग्दा इन्जुरी समयको अन्तिममा तनाकाले गोल गर्दै लिड्सलाई हारबाट जोगाए ।

यो नतिजापछि लिभरपुल १५ खेलबाट २३ अंकका साथ तालिकाको आठौं स्थानमा छ भने लिड्स १५ अंकका साथ १५ औं स्थानमा छ ।