काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले बराबरी खेलेको छ । गएराति भएको खेलमा लिभरपुल लिड्स युनाइटेडसँग ३–३ को बराबरीमा रोकिएको हो ।
लिभरपुलले सुरुवाती दुई गोलको अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । ४८ औं र ५० औं मिनेटमा ह्युगो एकिटिकेले गोल गर्दै लिभरपुललाई दुई गोलको अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा काल्भेर्ट लेविनले पेनाल्टीमा गोल गर्दै लिड्सलाई १–२ को अवस्थामा ल्याए ।
त्यसपछि ७५ औं मिनेटमा एन्टोन स्टाचले गोल गर्दै लिड्सलाई २–२ काृे बराबरीमा ल्याए । ८० औं मिनेटमा डोमिनिक सोबोज्लाईले गाृेल गर्दै लिभरपुललाई ३–२ ले अघि बढाए । तर, खेल सकिनै लाग्दा इन्जुरी समयको अन्तिममा तनाकाले गोल गर्दै लिड्सलाई हारबाट जोगाए ।
यो नतिजापछि लिभरपुल १५ खेलबाट २३ अंकका साथ तालिकाको आठौं स्थानमा छ भने लिड्स १५ अंकका साथ १५ औं स्थानमा छ ।










