३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोमा बार्सिलोनाको हार



अ+ अ-

रियल म्याड्रिडले आफ्नो खराब लयलाई ओझेलमा पार्दै आइतबार राति एल क्लासिकोमा बार्सिलोनालाई २–० गोल अन्तरले पराजित गरेको छ । स्पेनी ला लिगामा प्राप्त यो जितपछि रियलले तालिकाको शीर्ष स्थान पनि कब्जा गर्न सफल भएको छ ।

सान्टियागोबर्नाबाउमा भएको खेलमा रियलका लागि भिनिसियस जुनियर र मारियानो डिएजले गोल गरेका थिए । मध्य साता मात्र रियल युरोपेली च्याम्यिन्स लिगमा म्यानचेस्टर सिटीसँग पराजितभएपछि संकटमा परेको थियो ।

तर यो जितलेरियलले लिग तालिकामा बार्सिलोनामाथि एक अंकको अग्रता बढाएको छ । उसको ५६ अंक भएकोछ । यसको ठीक उल्टो हारले क्विक सेटिनको बार्सिलोना भने संकटतर्फ धकेलिएको छ ।